एनआरएनए यूकेको २०२५–०२७ कार्यसमिति सर्वसम्मत, गाहामगर फेरि अध्यक्ष

लन्डन । एनआरएनए यूकेको २०२५–२०२७ कार्यकालको नेतृत्व पुनः प्रेम गाहामगरको कांधमा आउने भएको छ । अध्यक्ष पदका लागि उम्मेदवारी दिने अन्तिम दिन बुधबार १९ मार्च, अपरान्ह ५ बजेभित्र गाहामगरबाहेक अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनीसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन हुने भएको हो । २३ मार्च २०२५ मा द प्यालेस बैंक्वेटिङ हल, अल्डरसटमा हुने एनआरएनए यूके […]

Mar 20, 2025 - 07:17
 0
एनआरएनए यूकेको २०२५–०२७ कार्यसमिति सर्वसम्मत, गाहामगर फेरि अध्यक्ष

लन्डन । एनआरएनए यूकेको २०२५–२०२७ कार्यकालको नेतृत्व पुनः प्रेम गाहामगरको कांधमा आउने भएको छ ।

अध्यक्ष पदका लागि उम्मेदवारी दिने अन्तिम दिन बुधबार १९ मार्च, अपरान्ह ५ बजेभित्र गाहामगरबाहेक अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनीसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन हुने भएको हो ।

२३ मार्च २०२५ मा द प्यालेस बैंक्वेटिङ हल, अल्डरसटमा हुने एनआरएनए यूके एकता अधिवेशनमा नयां कार्यसमिति घोषणा र शपथ ग्रहण कार्यक्रम हुनेछ । सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरिय समितिकै निर्देशनमा एनआरएनए यूकेले २३ मार्चमा एकता अधिवेशन गर्न लागेको हो।

‘अध्यक्षमा उम्मेदवारी दिंदा मेरो मुख्य एजेन्डा भनेको हामी जहाँ बसे पनि हाम्रा सन्ततिका लागि वंशजको नेपाली नागरिकता निरन्तरताका लागि लड्नु हो’, गाहामगरले भने, ‘म यस उद्देश्यमा पूर्ण रूपमा प्रतिवद्ध छु, तर म एक्लै यो कार्य गर्न सक्दिन। यस अभियानमा तपाईंको समर्थन महत्त्वपूर्ण छ । जसरी तपाईं पहिला पनि मेरो अभियानमा एकसाथ उभिनुभएको थियो, म फेरि एक पटक तपाईंको सुझाव सल्लाह र समर्थनका लागि विनम्रतापूर्वक अनुरोध गर्दछु।’

एनआरएनए यूकेको २०२५–२०२७ को चार उपाध्यक्ष पदमा अनिल मल्ल, ओसिन लिम्बु, धन तामाङ र झलक पुन, महासचिवमा जुरेन्द्र खजुम, सचिवद्वयमा कृष्णप्रसाद खतिवडा र धिरज राई, महिला सचिवमा श्रीमती जानुका राई, कोषाध्यक्ष आवेश राई, महिला संयोजक श्रीमती मणिकला गुरुङ र युवा संयोजक विशाल राईको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरि, सदस्यहरुमा किशोरकुमार गुरुङ, सिमनी श्रेष्ठ, विनय दाहाल, कुलप्रसाद कंडेल, निशान पन्धक, रञ्जन राजवंशी, कमलराज तामाङ, मेखसिङ गुरुङ, सोम श्रेष्ठ, दिवराज राई, श्रीमती एन्जिला लिम्बु, सालबहादुर गुरुङ, एन्डी राई, विजय गुरुङ, त्रिप्रसाद पुन, प्रेम कोरङ्गी, श्रीमती कल्पना कन्डङ्वाको उम्मेदवारी परेको छ ।

एनआरएनए यूके आइसीसी सदस्यहरुमा श्रीमती लिला सेलिङ, ओमप्रसाद थापा, डा. बलराम ढकाल, शारदा गुरुङ, युवराज सिंह, कुमार थापा मगर र अमृत घलेले उम्मेदवारी दिएका छन् । सहकोषाध्यक्ष र एक सदस्य पद भने रिक्त भएको छ ।


निर्वाचन समितिका संयोजक डा. भीम पुन, सदस्य सचिव विश्वासदीप तिगेला र सदस्यद्वय राजकुमार (आरके) त्रिपाठी र टेक बहादुर थापाले निर्वाचन प्रक्रिया अगाडि बढाएका हुन् ।

सदस्य सचिव तिगेलाले एनआरएनए यूकेको नयाँ नेतृत्वका लागि ३६ जनाको उम्मेदवारी दर्ताबाट १३ हजार पाउन्ड बढी उम्मेदवारी शुल्क संकलन भएको जनाए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register