वर्षायाममा पनि मेलम्चीको पानी वितरण हुने खानेपानीमन्त्रीको दाबी

सिन्धुपाल्चोक । खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा पनि मेलम्चीको पानी निर्वाध रूपमा काठमाडौंमा वितरण हुने दावी गरेका छन् । सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको अनुगमन तथा निरीक्षणपछि मन्त्री यादवले अब वर्षात्‌को समयमा पनि स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताए । उनले भने, ‘काठमाडौ‌मा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको सफल […]

Jun 17, 2025 - 06:37
 0
वर्षायाममा पनि मेलम्चीको पानी वितरण हुने खानेपानीमन्त्रीको दाबी

सिन्धुपाल्चोक । खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा पनि मेलम्चीको पानी निर्वाध रूपमा काठमाडौंमा वितरण हुने दावी गरेका छन् ।

सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको अनुगमन तथा निरीक्षणपछि मन्त्री यादवले अब वर्षात्‌को समयमा पनि स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताए ।

उनले भने, ‘काठमाडौ‌मा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको सफल परीक्षण भएको छ । वर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै अब वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्ग हुँदै काठमाडौ‌मा आपूर्ति गरिने व्यवस्था गरेकाछौँ ।’

वर्षायाममा रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्गबाट पठाइने र उक्त खोलाको पानी बाह्रै महिना निर्वाध रूपमा बितरण गरिने मन्त्री यादवले जानकारी दिए ।

उनले भने, ‘यो व्यवस्थाले उपत्यकावासीको दीर्घकालीन खानेपानी समस्याको दीगो समाधान गर्ने अपेक्षा गरिएको छ । अब काठमाडौ‌का नागरिकले वर्षायाममा पानीका लागि दुःख पाउनु पर्दैन ।’

वर्षात्‌को समयमा मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न नसकिने अवस्थामा मेलम्चीकै टनेलबाट रिर्बामाबाट दैनिक पाँचदेखि सात करोड लिटर पथान्तरण गर्न सकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले जानकारी दिए ।

उनले भने, ‘त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचनाहरू तयार भइसकेका छन् । हाल उक्त खोलामा उपलब्ध पानी सुरुङमार्फत काठमाडौंमा पथान्तरणको सफल परीक्षण गरिएको छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register