११ किलो गाँजासहित एक पक्राउ

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले पैदल गस्ती गर्ने क्रममा मनहरी गापा वडा–७, प्याङ्चेस्थित भित्री सडकखण्डमा गाँजा बरामद गरेको छ । उनलाई शंका लागेर शरीर तथा झोला खानतलासी गर्दा झोलाभित्र लुकाइल्याएको अवस्थामा गाँजा १० किलो ९ सय २० ग्राम फेला परेको थियो । उक्त गाँजा बरामद गरी चौधरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ […]

Feb 20, 2025 - 17:10
 0
११ किलो गाँजासहित एक पक्राउ
हेटौंडा ।

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले पैदल गस्ती गर्ने क्रममा मनहरी गापा वडा–७, प्याङ्चेस्थित भित्री सडकखण्डमा गाँजा बरामद गरेको छ ।

झोला बोकेर चैनपुरबाट मनहरीतर्फ आउँदै गरेका पर्साको जिराभवानी गापा वडा–५ बस्ने वर्ष २५ का चन्दन चौधरीको साथबाट गाँजा बरामद गरिएको हो । 

उनलाई शंका लागेर शरीर तथा झोला खानतलासी गर्दा झोलाभित्र लुकाइल्याएको अवस्थामा गाँजा १० किलो ९ सय २० ग्राम फेला परेको थियो । उक्त गाँजा बरामद गरी चौधरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register