नेदरल्यान्ड्सँग आज बदला लिने दाउमा नेपाल

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज  नेदरल्यान्ड्ससँग दोस्रोपटक भिड्दैछ। पहिलो खेलमा तीन सुपर ओभरसम्म पुगेर नेदरल्यान्ड्ससँग  हार व्यहोरेको  नेपाल आजको खेलमा बदला लिने दाउमा छ। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ। यस सिरिजमा नेदरल्यान्ड्सले तीन खेल खेल्दै दुई जित र चार अंकका साथ तालिकामा बलियो स्थिति बनाएको छ। उनीहरूले स्कटल्यान्डलाई ३९ रनले हराएपछि […]

Jun 19, 2025 - 01:52
 0
नेदरल्यान्ड्सँग आज बदला लिने दाउमा नेपाल

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज  नेदरल्यान्ड्ससँग दोस्रोपटक भिड्दैछ। पहिलो खेलमा तीन सुपर ओभरसम्म पुगेर नेदरल्यान्ड्ससँग  हार व्यहोरेको  नेपाल आजको खेलमा बदला लिने दाउमा छ। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

यस सिरिजमा नेदरल्यान्ड्सले तीन खेल खेल्दै दुई जित र चार अंकका साथ तालिकामा बलियो स्थिति बनाएको छ। उनीहरूले स्कटल्यान्डलाई ३९ रनले हराएपछि नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गरेका थिए र पछिल्लो खेलमा स्कटल्यान्डलाई १७ रनले हराएका थिए।

अर्कोतर्फ, नेपालले दुई खेलमा एक जित र एक हारका साथ २ अंक जोडेको छ। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजय भोगे पनि दोस्रो खेलमा आयोजक स्कटल्यान्डलाई २ विकेटले हराएको थियो। समान २ अंक भए पनि रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो स्थानमा छ भने नेपाल तेस्रो स्थानमा छ। नेपाल र स्कटल्यान्डबीचको अन्तिम खेल शुक्रबार हुनेछ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा सोमपाल कामी, गुल्सन झा र नन्दन यादव जस्ता नियमित खेलाडीहरू घाइते भएका कारण लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमद जस्ता नयाँ खेलाडीहरूलाई अवसर दिइएको छ। यस सिरिजका दुई खेलमा आशिफ शेख, आरिफ शेख र भीम सार्कीलाई बेन्चमा राखिएको छ।

यो सिरिज लिग-२ को एकदिवसीय सिरिजपछि भएको हो, जहाँ नेपालले चार खेलमध्ये तीनमा जित हासिल गरेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register