मनाइँदैछ ग्याल्पो ल्होछार (फोटोफिचर)

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो (ग्याल्बो) ल्होछार पर्व विविध कार्यक्रम आयोजना गरी आज (शुक्रबार) मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औं ग्याल्पो ल्होछार मनाइरहेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो […]

Feb 28, 2025 - 05:04
 0
मनाइँदैछ ग्याल्पो ल्होछार (फोटोफिचर)

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो (ग्याल्बो) ल्होछार पर्व विविध कार्यक्रम आयोजना गरी आज (शुक्रबार) मनाइँदै छ ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औं ग्याल्पो ल्होछार मनाइरहेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होछारलाई विभाजन गरिएको छ ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होछार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होछारका नाममा यो पर्व मनाइसकेका छन् ।

बौद्ध, स्वयम्भूलगायत काठमाडौं उपत्यकाका विभिन्न धार्मिकस्थल पनि ल्होछार मनाइँदै छ ।

फोटोफिचरमा हेरौं बौद्धका दृश्य :

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register