इरानको स्पष्टीकरण – हाम्रो निशाना अस्पताल नभएर नजिकै रहेको सैन्य अड्डा थियो

काठमाडौं । इरानले इजरायलको अस्पताल आक्रमणको निशाना नभएको स्पष्टीकरण दिएको छ । आफ्नो निशाना बेरशेबाको सोरोका अस्पताल नजिकै रहेको सैन्य अड्डा रहेको इरानले जनाएको छ । इस्लामिक रिपब्लिक न्युज एजेन्सीका अनुसार आक्रमण इजरायली सेनाको कमाण्ड मुख्यालय र गा-याम टेक्नोलोजी पार्कमा रहेको सेनाको गुप्तचर शिविरमा गरिएको थियो । “अस्पताल केवल विस्फोटको लहरको सम्पर्कमा आएको थियो र कुनै […]

Jun 19, 2025 - 10:10
 0
इरानको स्पष्टीकरण – हाम्रो निशाना अस्पताल नभएर नजिकै रहेको सैन्य अड्डा थियो

काठमाडौं । इरानले इजरायलको अस्पताल आक्रमणको निशाना नभएको स्पष्टीकरण दिएको छ । आफ्नो निशाना बेरशेबाको सोरोका अस्पताल नजिकै रहेको सैन्य अड्डा रहेको इरानले जनाएको छ ।

इस्लामिक रिपब्लिक न्युज एजेन्सीका अनुसार आक्रमण इजरायली सेनाको कमाण्ड मुख्यालय र गा-याम टेक्नोलोजी पार्कमा रहेको सेनाको गुप्तचर शिविरमा गरिएको थियो ।

“अस्पताल केवल विस्फोटको लहरको सम्पर्कमा आएको थियो र कुनै गम्भीर क्षति भएन । सैन्य पूर्वाधार एक सटीक र प्रत्यक्ष लक्ष्य थियो,” रिपोर्टमा भनिएको छ ।

इजरायलको आपत्‌कालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार इरानको हालैको आक्रमणपछि कम्तीमा ६५ जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ ।

इजरायलले इरानले नागरिक क्षेत्रहरूलाई लक्षित गरेको आरोप लगाएको छ र उसको क्षेप्यास्त्र आक्रमणले बेरशेबाको सोरोका अस्पताललाई क्षति पुर्‍याएको छ ।

इरानले इजरायलको अस्पतालमा हान्यो क्षेप्यास्त्र

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register