हात्तीको आक्रमणबाट घाइतेको मेचीनगरका पूर्णबहादुर मृत्यु

झापा, ६ असार । झापाको मेचीनगर नगरपालिका–१ मा हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । गएराति मेचीनगर–१ दुर्जनचोकका ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आठ सय मिटर टाढा रहेको आफ्नो बारी आएको एक वटा जंगली हात्तीलाई लखेट्ने क्रममा असार २ गते बिहान श्रेष्ठलाई [...] The post हात्तीको आक्रमणबाट घाइतेको मेचीनगरका पूर्णबहादुर मृत्यु appeared first on Jhapa Online.

Jun 20, 2025 - 06:47
 0
हात्तीको आक्रमणबाट घाइतेको मेचीनगरका पूर्णबहादुर मृत्यु

झापा, ६ असार । झापाको मेचीनगर नगरपालिका–१ मा हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

गएराति मेचीनगर–१ दुर्जनचोकका ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आठ सय मिटर टाढा रहेको आफ्नो बारी आएको एक वटा जंगली हात्तीलाई लखेट्ने क्रममा असार २ गते बिहान श्रेष्ठलाई उक्त हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि बीण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।

अस्पतालमा उपचार सम्भव नभएपछि बिहीबार बेलुका ५ बजे छोरा तेजबहादुरले उनलाई घर लिएर आएकोमा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post हात्तीको आक्रमणबाट घाइतेको मेचीनगरका पूर्णबहादुर मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register