पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगल‍े पर्साको पोखरीया नगरपालिका (हाल बहुदरमाई नगरपालिका) का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई नियन्त्रणमा लिएको छ । विभिन्न योजना एवं कर्मचारी नियुक्ति लगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार उनीहरुलाई वीरगञ्जबाट नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । उनीहरुको साथबाट […]

Jun 20, 2025 - 11:14
 0
पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगल‍े पर्साको पोखरीया नगरपालिका (हाल बहुदरमाई नगरपालिका) का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई नियन्त्रणमा लिएको छ ।

विभिन्न योजना एवं कर्मचारी नियुक्ति लगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार उनीहरुलाई वीरगञ्जबाट नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । उनीहरुको साथबाट चार वटा मोबाइलसमेत बरामद गरिएको छ ।

साथै, पोखरीयाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह र वडा नं. २ का सचिव ओमप्रकाश चौरसियाको मोबाइल बरामद गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register