इरानमा हमलाको अमेरिकामै विरोध

एजेन्सी । अमेरिकाले इरान गरेको हमलाको अमेरिकामै विरोध भएको छ । आक्रमणको डेमोक्रेट सांसद्हरूले विरोध गरेका छन् । संसद्को स्वीकृत विना हमला गरेको भन्दै विरोध गरिएको हो । सांसद अलेक्सजेन्ड्रिया ओकासियो कोर्टेजले इरानमाथि अमेरिकी हमला संविधानको गम्भिर उल्लंघन रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘हाम्रा पुस्तौँ पुस्तालाई असर पर्नेगरी राष्ट्रपतिले युद्ध छेडेका छन् । […]

Jun 22, 2025 - 07:31
 0
इरानमा हमलाको अमेरिकामै विरोध

एजेन्सी । अमेरिकाले इरान गरेको हमलाको अमेरिकामै विरोध भएको छ । आक्रमणको डेमोक्रेट सांसद्हरूले विरोध गरेका छन् । संसद्को स्वीकृत विना हमला गरेको भन्दै विरोध गरिएको हो । सांसद अलेक्सजेन्ड्रिया ओकासियो कोर्टेजले इरानमाथि अमेरिकी हमला संविधानको गम्भिर उल्लंघन रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘हाम्रा पुस्तौँ पुस्तालाई असर पर्नेगरी राष्ट्रपतिले युद्ध छेडेका छन् । यो विषयले महाभियोगका लागि आधारसमेत तयार गरेको छ ।’

यस्तै सांसद रशिदा तलिबले पनि यसको विरोध गरेकी छिन् । संसद्ले यसविरूद्ध तत्काल कदम चाल्नुपर्ने उनको मत छ । ‘दशकौँदेखि मध्यपूर्वमा विनासकारी हतियारको बहानामा अन्तयहीन युद्ध हामीले देखिरह्यौँ । यो युद्धमा हामी फेरि धकेलिनु हुँदैन,’ उनको भनाइ छ ।

सांसद जिम म्याक गर्भनले यो इरानमाथिको हमलालाई बहुलठ्ठीपन भनी टिप्पणी गरेका छन् । ‘संसद्को स्वीकृति विना गैरकानुनी ढंगले अमेरिकालाई युद्धमा धकेल्न खोजेका छन् । हामीले अझै पनि कुरा नबुझेको हो ?’ उनको प्रश्न छ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register