कुलमान बर्खास्त गर्ने निर्णयको घोर निन्दा गर्दछु : प्रचण्ड

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोप्रति निन्दा गरेका छन् ।  सोमबार साँझ सामाजिक संजाल फेसबुकमा एक स्टाटस सेयर गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला ऊर्जामन्त्रीको रूपमा आफ्नो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको […]

Mar 24, 2025 - 16:41
 0
कुलमान बर्खास्त गर्ने निर्णयको घोर निन्दा गर्दछु : प्रचण्ड

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोप्रति निन्दा गरेका छन् ।  सोमबार साँझ सामाजिक संजाल फेसबुकमा एक स्टाटस सेयर गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला ऊर्जामन्त्रीको रूपमा आफ्नो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको बताएका छन्। उनले घिसिङको विज्ञता र क्षमता अनि आफ्नो नेतृत्वको संयुक्त प्रयासबाट ‘उज्यालो नेपाल’ निर्माण गर्न सफल भएको बताएका छन्।

प्रचण्डले लेखेका छन्, ‘उनै कुलमान घिसिङलाई बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक-पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो। तर आज भने सरकारले मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चारमाध्यमबाट थाहा हुन आएको छ, आशा गरौं यो खबर असत्य सावित होस्।’

उनले यदि यो खबर सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक भएको बताएका छन्। ‘कथित दुई तिहाइ बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु’, उनले लेखेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register