जनवरीमा ‘शान्ति निर्माता’ फर्किएका ट्रम्प अब युद्धका अगुवा

वाशिङटन । जनवरीमा ‘शान्ति निर्माता’ को रुपमा ह्वाइटहाउस फर्केका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यपूर्वीय द्वन्द्वमा नाटकीय मोड ल्याउँदै इरानका तीन प्रमुख परमाणु केन्द्रमाथि सीधा अमेरिकी हमला गरेपछि विश्व राजनीतिमा नयाँ तरङ्ग आएको छ। ट्रम्पले वाचा गरेका शान्ति प्रयासको साटो अहिले उनी एक ठूलो सम्भावित युद्धको संघारमा उभिएका छन्। शनिबार रातिको हमलालगत्तै राष्ट्रका नाममा टेलिभिजन सम्बोधन […]

Jun 22, 2025 - 07:55
 0
जनवरीमा ‘शान्ति निर्माता’ फर्किएका ट्रम्प अब युद्धका अगुवा

वाशिङटन ।

जनवरीमा ‘शान्ति निर्माता’ को रुपमा ह्वाइटहाउस फर्केका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यपूर्वीय द्वन्द्वमा नाटकीय मोड ल्याउँदै इरानका तीन प्रमुख परमाणु केन्द्रमाथि सीधा अमेरिकी हमला गरेपछि विश्व राजनीतिमा नयाँ तरङ्ग आएको छ। ट्रम्पले वाचा गरेका शान्ति प्रयासको साटो अहिले उनी एक ठूलो सम्भावित युद्धको संघारमा उभिएका छन्।

शनिबार रातिको हमलालगत्तै राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै ट्रम्पले इरानमाथिको आक्रमणलाई ‘अभूतपूर्व सफलता’ को संज्ञा दिँदै दिगो शान्तिको ढोका खोल्ने दाबी गरे। उनका अनुसार, यो कदमले इरानलाई परमाणु शक्ति बन्ने बाटोबाट रोक्नेछ। तर यो दावी इरानले पुष्टि गरेको छैन। तेहरानले फोर्दो परमाणु केन्द्रमा सामान्य क्षति मात्र भएको प्रतिक्रिया दिएको छ।

ट्रम्पले आफ्नो सम्बोधनमा स्पष्ट सन्देश दिँदै भने, “अझै धेरै निशानाहरू बाँकी छन्,” र यदि इरानले कदम नफेरे निकै नराम्रो र निकै सहज हमला गर्न अमेरिका पछि नहट्ने चेतावनी पनि दिएका छन्।

शान्तिको ढोका कि युद्धको खाडल ?

विश्लेषकहरूका अनुसार ट्रम्पले शान्तिको सन्देश दिन खोजेपनि अमेरिकी बम खस्नेबित्तिकै इरान वार्ताका लागि तत्पर हुन्छ भन्ने अपेक्षा अतिआशावादी हो। यसअघि पनि इजरायली आक्रमण भइरहँदा इरान वार्तामा आउन तयार देखिएको थिएन। यसपटक त अमेरिकी आक्रमणपश्चात उल्टै प्रतिक्रिया दिन बाध्य हुने सम्भावना बढी छ।

युद्धहरू यस्तै क्षणहरूबाट सुरु हुने गर्छन्, जसलाई शुरुमा नियन्त्रणमा राख्न खोजिए पनि विस्तारमा जाँदा त्यसले नियन्त्रण र कल्पनाभन्दा बाहिर फैलिन सक्छ। संयुक्त राष्ट्र महासचिवले समेत अमेरिकी हमलालाई ूअराजकताको जालोूको सुरुआत भएको टिप्पणी गर्दै मध्यपूर्वमा भयावह संकट निम्त्याउने चेतावनी दिएका छन्।

विश्व राजनीति कहाँ जाँदैछ ?
ट्रम्पले राष्ट्रपतिमा फर्किएसँगै अमेरिकी परराष्ट्र नीतिको दिशा फेरिएको छ। “अमेरिका फर्स्ट”को नारामा चुनाव जितेका ट्रम्प अहिले भने विदेशी भूमिमा सशस्त्र हस्तक्षेपको नेतृत्व गरिरहेका छन्। डेमोक्र्याट मात्र होइन, उनको आफ्नै पार्टीभित्रका कतिपय व्यक्तिहरूले समेत यो कदमको आलोचना गरेका छन्।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले यसअघि नै अमेरिकी आक्रमण भए त्यसको ूकडा बदलाू लिइने चेतावनी दिइसकेका छन्। यस्तो अवस्थामा साना युद्धी कदमहरूले ठूला युद्धतिर डोर्याउने डर प्रस्ट छ।

इरान–इजरेल द्वन्द्वको पाँच सम्भावित भयावह परिणाम


पूर्णप्रसारित युद्ध — साउदी अरब, लेबनान, सिरिया जस्ता राष्ट्रहरू पनि द्वन्द्वमा तानिन सक्छन्।

तेल मूल्यको अभूतपूर्व वृद्धी — होर्मुज जलडमरुमा तनाव बढेमा विश्वव्यापी इन्धन संकट निम्तिन सक्छ।

इरानको सत्ता परिवर्तनको प्रयास — इजरायली रणनीति इरानी शासन परिवर्तनतर्फ उन्मुख हुनसक्छ।

क्षेप्यास्त्र युद्धको विस्तार — इरानले इजरायल र अमेरिकी सैन्य ठेगानाहरूमा प्रतिघात गर्नसक्छ।

मानव संकट — लाखौं मानिस विस्थापित हुनसक्ने, हजारौंको मृत्यु हुने सम्भावना।

अब के हुन्छ ?
ट्रम्पले भनेका थिए कि इरानलाई दुई हप्ताको समय दिइनेछ वार्ताका लागि, तर त्यो समयसीमा आइतबार नपुग्दै उनले सैन्य कारबाही गरे। विश्लेषकहरूको अनुमानमा त्यो समयसिमा मात्र बहाना थियो — सुरक्षा झुटो विश्वास दिलाएर अचानक हमला गर्ने रणनीति।

अब परिस्थितिको बल इरानको हातमा पुगेको छ। यदि इरानले प्रतिघात ग¥यो भने अमेरिकालाई पुनः जवाफी कदम चाल्न बाध्य बनाउनेछ। यसले स्थिति थप बिग्रन सक्छ।

जनवरीमा शान्तिको कुरा गरेर ह्वाइटहाउस फर्किएका ट्रम्पले अहिले युद्धको ढोका खोलेका छन्। यदि वर्तमान तनाव नियन्त्रणमा आएन भने यसले विश्वका धेरै भागमा अस्थिरता, आर्थिक संकट र मानवीय संकट निम्त्याउन सक्छ। अब विश्वले हेर्न बाँकी छ — इरान कसरी प्रतिक्रिया जनाउनेछ र ट्रम्पको युद्ध कूटनीति कहाँ पुगेर टुंगिनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register