विपिनको बलिङ र जैसीको ब्याटिङमा सिंगापुरमाथि नेपालको सहज जित

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ६ विकेटको सहज जित हात पारेको छ । मलेसियामा आइतबार भएको खेलमा नेपालले ३३.३ ओभरमा १३९ रनको लक्ष्य चार विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि प्रसिद्ध जैसीले नटआउट ५२ रन बनाए । यसअघि कप्तान विपिन शर्माले घातक बलिङ गरेपछि टस […]

Jun 22, 2025 - 08:00
 0
विपिनको बलिङ र जैसीको ब्याटिङमा सिंगापुरमाथि नेपालको सहज जित

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ६ विकेटको सहज जित हात पारेको छ । मलेसियामा आइतबार भएको खेलमा नेपालले ३३.३ ओभरमा १३९ रनको लक्ष्य चार विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि प्रसिद्ध जैसीले नटआउट ५२ रन बनाए ।

यसअघि कप्तान विपिन शर्माले घातक बलिङ गरेपछि टस जितेर पहिला ब्याटिङमा उत्रेको सिंगापुर ३६.१ ओभरमा १३८ रन बनाउँदा अलआउट भएको थियो ।

विपिनले सिंगापुरलाई सस्तैमा समेट्न चार विकेट लिएका थिए । उनले १० ओभरमा एक मेडनसहित ३४ रन मात्र दिए । यस्तै सचिन भट्टले तीन विकेट लिए भने अभय यादव र शुभम खनालले एक–एक विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register