पाँच शतक बनाउँदा पनि कसरी हार्‍यो भारत ?

काठमाडौं । शुभमन गिलको कप्तानी यात्रा हारबाट सुरु भएको छ । एन्डरसन-तेंडुलकर ट्रफीको पहिलो खेल भारतले ५ विकेटले हारेको छ । मंगलबार लीड्सको हेडिंग्ले क्रिकेट स्टेडियममा सकिएको खेलमा इङ्ग्ल्याण्डले ५ विकेट गुमाउँदै ३७१ रनको लक्ष्य हासिल गरेको थियो । सुरुका ४ दिन हेर्दा खेल बराबरीमा सकिने आकलन गरिएको थियो, अन्तिम दिन इङ्ग्ल्याण्डले जित्नको लागि ३५० […]

Jun 25, 2025 - 06:13
 0
पाँच शतक बनाउँदा पनि कसरी हार्‍यो भारत ?

काठमाडौं । शुभमन गिलको कप्तानी यात्रा हारबाट सुरु भएको छ ।

एन्डरसन-तेंडुलकर ट्रफीको पहिलो खेल भारतले ५ विकेटले हारेको छ । मंगलबार लीड्सको हेडिंग्ले क्रिकेट स्टेडियममा सकिएको खेलमा इङ्ग्ल्याण्डले ५ विकेट गुमाउँदै ३७१ रनको लक्ष्य हासिल गरेको थियो ।

सुरुका ४ दिन हेर्दा खेल बराबरीमा सकिने आकलन गरिएको थियो, अन्तिम दिन इङ्ग्ल्याण्डले जित्नको लागि ३५० रन बनाउनु पर्ने थियो । घरेलु मैदानमा उत्कृष्ट ब्याटिङ गर्दै टोलीले जित हासिल गर्‍यो । बेन डकेट (१४९ रन) र ज्याक क्राउली (६५ रन) ले १८८ रनको कीर्तिमानी ओपनिङ साझेदारी गरे ।

टेस्ट क्रिकेटको इतिहासमा भारत पहिलो टोली बन्यो, जसका खेलाडीहरूले ५ शतक बनाए तर पनि टोलीले हार व्यहोर्नुपर्‍यो । भारतका लागि ऋषभ पन्तले दुई शतक, कप्तान गिलले एक, यशस्वी जयस्वालले एक र केएल राहुलले एक शतक बनाए ।

केही रेकर्ड

  • ४१ वर्षपछि हेडिंग्ले मैदानमा चौथो इनिङ्समा कुनै टोलीको ओपनिङ साझेदारी १०० भन्दा बढी थियो । ज्याक क्राउली र बेन डकेटले मिलेर पहिलो विकेटको लागि १८८ रन जोडे । यसअघि सन् १९८४ मा वेस्ट इन्डिजका डेसमन्ड हेन्स र गोर्डन ग्रिनिजले १०६ रनको साझेदारी गरेका थिए ।
  • सन् २०१० पछि पहिलोपटक कुनै इङ्ग्ल्याण्डका ओपनिङ ब्याट्सम्यानले चौथो इनिङमा शतक बनाए । बेन डकेटले १४९ रनको इनिङ्स खेले । १५ वर्षअघि एलिस्टर कुकले मिरपुरमा बंगलादेशविरुद्ध अविजित १०९ रन बनाएका थिए ।
  • ह्यारी ब्रुक टेस्ट क्रिकेट इतिहासमा पहिलो इनिङ्समा ९९ र दोस्रो इनिङमा पहिलो बलमा (गोल्डेन डक) आउट हुने पहिलो ब्याट्सम्यान बने ।
  • हेडिंग्ले टेस्टमा इङ्गल्याण्डले आफ्नो दोस्रो उच्चतम रन चेज गर्‍यो । यसअघि उसले सन् २०२२ मा एजबास्टनमा भारतविरुद्ध नै ३७८ रन चेज गरेको थियो । यो भारतविरुद्ध इङ्गल्याण्डको दोस्रो उच्चतम रन चेज हो ।
  • टेस्ट क्रिकेटको १४८ वर्षको इतिहासमा भारत पहिलो टोली बनेको छ, जसका खेलाडीहरूले एउटै खेलमा पाँच शतक बनाए पनि खेल हार्‍यो । यसअघि १९२८-२९ को एसेज शृङ्खलामा यो घटना भएको थियो, जब अष्ट्रेलियाले मेलबर्न टेस्टमा चार शतक बनाएका थिए । सोही खेलमा डन ब्राडम्यानले पनि आफ्नो पहिलो टेस्ट शतक (११२ रन) बनाए, तर पनि अष्ट्रेलिया हार्‍यो ।

भारतको हारका ५ कारक

मध्य-तल्लो क्रमको असफलता

भारतीय टोलीको मध्यक्रम र तल्लो मध्यक्रम दुवै इनिङमा ध्वस्त भयो । पहिलो इनिङ्समा भारतीय टोलीले अन्तिम ६ विकेट केवल ४१ रनमा गुमायो । जबकि दोस्रो इनिङमा अन्तिम ५ ब्याट्सम्यान ३१ रनभित्रै पवेलियन फर्किए ।

पहिलो इनिङ्समा करुण नायर शून्य, रवीन्द्र जडेजा ११ र शार्दुल ठाकुर १ रन बनाएर आउट भए । जसका कारण भारतले पहिलो इनिङ्समा ५०० रन पार गर्न सकेन ।

दोस्रो इनिङ्समा करुण नायर २०, रवीन्द्र जडेजा २५ र शार्दुल ठाकुर ४ रन बनाएर आउट भए । यस पटक टोलीले इङ्ल्यान्डलाई ४०० भन्दा बढीको लक्ष्य दिन सकेन । जबकि दोस्रो इनिङमा टोलीले ५ विकेटको क्षतिमा ३३३ रन बनाएको थियो ।

तीन बलरको कमजोर प्रदर्शन

लिड्सको पिचमा इङ्ल्यान्डको दोस्रो इनिङ्समा भारतको बलिङ युनिटले राम्रो प्रदर्शन गर्न सकेन । साथै, खेलमा चौथो-पाँचौं बलरको प्रदर्शन कमजोर रह्यो । बुमराह-प्रसिद्ध बाहेक कुनै पनि बलरले इङ्ल्यान्डका ब्याट्सम्यानहरूलाई समस्यामा पार्न सकेनन् । मोहम्मद सिराज र शार्दुल ठाकुरले २-२ विकेट लिए भने रविन्द्र जडेजाले एक विकेट लिए ।

खराब फिल्डिङ

भारतको हारको मुख्य कारण खराब फिल्डिङ थियो । टोलीले महत्वपूर्ण क्षणहरूमा ९ क्याच छोड्यो । यसमध्ये पहिलो इनिङमा ६ क्याच छोडियो भने दोस्रो इनिङमा ३ क्याच छोडियो । खेलमा शतक प्रहार गर्ने ओली पोप र बेन डकेटले २-२ जीवन पाए । भारतको ग्राउन्ड फिल्डिङ पनि कमजोर थियो ।

पिच कठिन

सामान्यतया टेस्ट म्याचको पाँचौं दिन ब्याटिङ गर्न गाह्रो हुन्छ । त्यतिन्जेलसम्म पिच धेरै हदसम्म बिग्रिसकेको हुन्छ, तर हेडिंग्लेमा यस्तो भएन । पाँचौं दिन पनि पिचमा बलरहरूलाई कुनै सहयोग भएन ।

क्राउली-डकेटको कीर्तिमानी साझेदारी

इंग्लिस टोलीका ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गरे । टोलीका तर्फबाट बेन डकेट र ओली पोपले शतक बनाए । ह्यारी ब्रुकले ९९ रन बनाए ।

दोस्रो इनिङ्समा इंग्लिस ओपनर ज्याक क्राउली र बेन डकेटले १८८ रन जोडे । जुन निर्णायक साझेदारी साबित भयो । दुवैले इङ्गल्याण्डको लागि चौथो इनिङ्समा दोस्रो उच्च ओपनिङ साझेदारी गरेका थिए । यसअघि सन् १९८४ मा वेस्ट इन्डिजका डेसमन्ड हेन्स र गोर्डन ग्रिनिजले १०६ रनको साझेदारी गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register