नेपालमा लगानीको अवसर खोज्दै मलेसियन प्रतिनिधिमण्डल, प्रधानमन्त्री ओलीसँग भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डल । तस्बिर : प्रधानमन्त्रीको सचिवालय काठमाडौं । नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरहरूबारे छलफल गर्न मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा […]

Jul 5, 2025 - 07:42
 0
नेपालमा लगानीको अवसर खोज्दै मलेसियन प्रतिनिधिमण्डल, प्रधानमन्त्री ओलीसँग भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डल । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं ।

नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरहरूबारे छलफल गर्न मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डल सहभागी थियो। प्रतिनिधिमण्डलले आफूहरू नेपालमा नयाँ उद्यम सुरु गर्न, दुई देशबीच अर्थपूर्ण व्यावसायिक सम्बन्ध स्थापित गर्न तथा नेपालको लगानी मैत्री वातावरणबारे विस्तृत जानकारी लिन नेपाल आएको जानकारी गराएको थियो।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि सरकार विदेशी लगानीलाई प्रोत्साहन गर्न र सहजीकरण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले कानुनी तथा संरचनात्मक सुधारमार्फत लगानीकर्तालाई आकर्षित गर्न सरकार प्रयत्नशील रहेको बताउँदै, आगामी दिनमा आवश्यक सुधार र सहजीकरणका लागि व्यवसायीसँग सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गर्नुभयो।

प्रतिनिधिमण्डलले नेपालमा प्लास्टिक तथा फोहोर प्रसोधन, सूचना प्रविधि उद्यान, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको थियो। साथै, भेटमा पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा लगायत विविध क्षेत्रहरूमा लगानीको सम्भावनाबारे समेत छलफल गरिएको थियो।

मलेसियास्थित नेपाली दूतावासको सहकार्यमा आएको उक्त प्रतिनिधिमण्डल तीनदिने भ्रमणका लागि यही असार १८ गते काठमाडौँ आएको हो। भेटमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक मामिलासम्बन्धी सल्लाहकार डा. युवराज खतिवडा लगायतको उपस्थिति रहेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register