काठमाडौं महानगरमा गरिबलाई सम्पत्ति करमा ५० प्रतिशत छुट

काठमाडौ । काठमाडौं महानगरपालिकाले गरिबलाई सम्पत्ति करमा ५० प्रतिशत छुट दिने भएको छ । काठमाडौं महानगरले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा यस्तो व्यवस्था गरेको हो । ‘गरिब घर पहिचान कार्यक्रमअन्तर्गत गरिबी परिचयपत्र प्राप्त गर्ने करदाताको हकमा सम्पती करमा ५० प्रतिशत छुट,’ महानगरले आफ्नो बजेटमा व्यवस्था गरेको छ । नेपाल सरकारको ‘गरिब घरपविार पहिचान तथा परिचयपत्र […]

Jul 13, 2025 - 11:45
 0
काठमाडौं महानगरमा गरिबलाई सम्पत्ति करमा ५० प्रतिशत छुट

काठमाडौ । काठमाडौं महानगरपालिकाले गरिबलाई सम्पत्ति करमा ५० प्रतिशत छुट दिने भएको छ ।

काठमाडौं महानगरले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा यस्तो व्यवस्था गरेको हो । ‘गरिब घर पहिचान कार्यक्रमअन्तर्गत गरिबी परिचयपत्र प्राप्त गर्ने करदाताको हकमा सम्पती करमा ५० प्रतिशत छुट,’ महानगरले आफ्नो बजेटमा व्यवस्था गरेको छ ।

नेपाल सरकारको ‘गरिब घरपविार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ अनुसार गरिब भन्नाले ‘नेपाल सरकारको निश्चित मापदण्ड अनुसार समय समयमा तोकेको राष्ट्रिय वा क्षेत्रगत गरिबीको रेखामुनी रहेको, शिक्षा स्वास्थ्य जस्ता मानव विकासका सूचकहरुको आधारमा पिछडिएको र निश्चित लिङ्गगत तथा सामाजिक समुहका आधारमा राष्ट्रिय विकास प्रक्रियामा समावेश हुन नसकेको व्यक्ति वा समुहलाई सम्झनुपर्दछ ।’

यो निर्देशिकाले गरिब कस्ता व्यक्ति/परिवारलाई गरिब भन्ने भनेर पनि प्रष्ट पारेको छ ।

‘गरिब घरपविार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ले तोकेका गरिबी सूचक’
‘गरिब घरपविार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ले तोकेका गरिबी सूचक’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register