प्रत्येक वर्ष गरौं रगतका यी ५ वटा जाँच

एजेन्सी । एउटा उमेर पुगेपछि स्वास्थकर्मी तथा डाक्टरले पनि नियमित शारीरिक जाँच गराउन सुझाव दिन्छन् । विशेषतः ६ महिनामा एकपटक वा वर्षमा एक पटक रगत जाँच गर्नुपर्दछ । यसरी हामीले बढ्दै गरेको उमेरमा शरीरमा आउने परिवर्तनका बारेमा जान्न सक्छौं । रोगको समयमै पहिचान गरी त्यसको निवारण गर्न पनि सजिलो हुन्छ । त्यसैले कम्तीमा पनि वर्षमा […]

Jul 14, 2025 - 03:59
 0
प्रत्येक वर्ष गरौं रगतका यी ५ वटा जाँच

एजेन्सी । एउटा उमेर पुगेपछि स्वास्थकर्मी तथा डाक्टरले पनि नियमित शारीरिक जाँच गराउन सुझाव दिन्छन् । विशेषतः ६ महिनामा एकपटक वा वर्षमा एक पटक रगत जाँच गर्नुपर्दछ ।

यसरी हामीले बढ्दै गरेको उमेरमा शरीरमा आउने परिवर्तनका बारेमा जान्न सक्छौं । रोगको समयमै पहिचान गरी त्यसको निवारण गर्न पनि सजिलो हुन्छ ।

त्यसैले कम्तीमा पनि वर्षमा एक पटक रगतका यी जाँच गर्न एकदमै आवश्यक छ ।

भिटामिन बी १२

यो जाँचले तपाईंको शरीरमा भिटामिन बी १२ तथा फोलेटको स्थिति कस्तो छ भनेर प्रस्ट देखाइदिन्छ । यसले दिमाग, रगत तथा नसाको अवस्था कस्तो छ भनेर आकलन गर्न पनि मद्दत पुग्छ ।

भिटामिन डी

रगतमा भिटामीन डी घटेको छ कि भनेर यस्तो जाँच गरिन्छ । भिटामिन डीको जाँच गर्न एकदमै जरुरी हुन्छ, किनकी यसको कमी हुँदा शरीरमा धेरै किसिमका समस्या उत्पन्न हुन्छन् ।

फास्टिंग इन्सूलिन

यो जाँच गर्दा इन्सूलिन रेजिस्टेन्सको कुनै पनि अवस्था थाहा हुन्छ । जसले गर्दा रगतमा सुगरको गडबडी, मधुमेह वा अन्य मेटाबोलिक रोग बारे थाहा हुन्छ ।

थाइराइड

हाइपरथाइराइडिज्म तथा हाइपोथाइराइडिज्म जस्ता समस्याको कारण जान्नका लागि थाइराइड जाँच गर्न एकदमै आवश्यक हुन्छ ।

लिपिड प्यानल

यसमा कोलेस्ट्रोल तथा ट्राइग्लिसराइडको स्थितिको बारेमा थाहा हुन्छ । जो अहिलेको अवस्थामा थाहा पाउन जरुरी छ । किनकी धेरैमा यस्तो समस्या देखिइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register