‘मुनी एक्स्पो २०२५’ मा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल इजरायलमा

काठमाडौं । इजरायलको स्थानीय सरकार महासंघले आयोजना गर्न लागेको अग्रणी अन्तर्राष्ट्रिय शहरी नवप्रवर्तन सम्मेलन ‘मुनी एक्स्पो २०२५’ मा सहभागी हुन आइतबार सरकारका विभिन्न निकायका १४ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल इजरायलको सरकारी भ्रमणमा गएको छ। इजरायलको परराष्ट्र मन्त्रालयको निमन्त्रणामा साताव्यापी इजरायलको भ्रमणमा रहेको उक्त प्रतिनिधि मण्डलमा शहरी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोगका नीतिगत तथा योजना निर्माणसम्बन्धी वरिष्ठ […]

Jul 14, 2025 - 06:48
 0
‘मुनी एक्स्पो २०२५’ मा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल इजरायलमा

काठमाडौं ।

इजरायलको स्थानीय सरकार महासंघले आयोजना गर्न लागेको अग्रणी अन्तर्राष्ट्रिय शहरी नवप्रवर्तन सम्मेलन ‘मुनी एक्स्पो २०२५’ मा सहभागी हुन आइतबार सरकारका विभिन्न निकायका १४ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल इजरायलको सरकारी भ्रमणमा गएको छ। इजरायलको परराष्ट्र मन्त्रालयको निमन्त्रणामा साताव्यापी इजरायलको भ्रमणमा रहेको उक्त प्रतिनिधि मण्डलमा शहरी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोगका नीतिगत तथा योजना निर्माणसम्बन्धी वरिष्ठ अधिकारीहरू र नेपालका विभिन्न नगरपालिकाका प्रमुखहरूको सहभागिता रहेको छ। इजरायलको ‘मुनी एक्स्पो’ मा सरकारी अधिकारीहरुले सहभागिता जनाएको यो पहिलोपटक हो।


‘मुनी एक्स्पो’ इजरायलको सबैभन्दा ठूलो नगरपालिका सम्मेलन हो, जहाँ विश्वभरका मेयर, नीति निर्माता तथा शहरी योजनाकारहरूको उपस्थिति रहनेछ। यस वर्षको मूल विषय “लोकल कम्पास” ले संकट व्यवस्थापन, स्थानीय तथा राष्ट्रिय सरकारबीचको सहकार्य र यहुदीविरोधी क्रियाकलापविरुद्धको लडाइँ जस्ता महत्वपूर्ण विषय उठाउने बताइएको छ ।
नेपाली प्रतिनिधिमण्डलले सम्मेलनका क्रममा १५० भन्दा बढी इजरायली तथा अन्तर्राष्ट्रिय कम्पनी, स्टार्टअपहरूसँग अन्तरक्रिया गर्नेछ, नवीनतम शहरी परियोजनाहरूको अवलोकन गर्नेछ र विश्वव्यापी साझेदारी विस्तार गर्ने अवसर पाउनेछ।

सम्मेलनसँगै प्रतिनिधिमण्डलले यरुशलम, तेलअविभ जाफा, याड भासेम होलोकास्ट स्मृति केन्द्र, शाफ्दान फोहोर पानी प्रशोधन केन्द्र, नगर नवप्रवर्तन केन्द्र तथा स्देरोतस्थित प्रहरी कार्यालयजस्ता स्थानहरूको अवलोकन गर्नेछ। साथै, अक्टोबर ७, २०२३ मा हमास आतङ्ककारी समूहले निर्दोष नागरिकहरूलाई लक्षित गरी गरेको आक्रमणस्थल नोभा महोत्सव स्थलको पनि भ्रमण हुनेछ। सो दिन हमासले किबुत्ज अलुमिममा १० जना नेपाली नागरिकको हत्या गरेको थियो, र हालसम्म पनि नेपाली नागरिक बिपिन जोशीसहित ५० जना बन्धकको अवस्था अज्ञात रहेको छ।

इजरायलस्थित नेपाली राजदूतावासका अनुसार यो भ्रमणले नेपाल र इजरायलबीचको सहकार्यलाई थप मजबुत बनाउनेछ। शहरी विकास, क्षमता अभिवृद्धि र ज्ञान आदानप्रदानका क्षेत्रमा दुवै देशबीच दीर्घकालीन सहकार्यका सम्भावनाहरू अझ उजागर हुने विश्वास गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register