शेयर बजार आज ३५ अङ्कले घट्यो

झापा, ३० असार । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ०९ अङ्कले घटेर २ हजार ७ सय २५ दशमलव ७१ विन्दुमा झरेको छ । आज जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बैंकिङ समूहको शेयर झन्डै साढे [...] The post शेयर बजार आज ३५ अङ्कले घट्यो appeared first on Jhapa Online.

Jul 14, 2025 - 11:25
 0
शेयर बजार आज ३५ अङ्कले घट्यो

झापा, ३० असार । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले नै घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ०९ अङ्कले घटेर २ हजार ७ सय २५ दशमलव ७१ विन्दुमा झरेको छ । आज जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बैंकिङ समूहको शेयर झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ ।

आज सामुदायिक लघुवित्त र धौलागिरि लघुवित्त कम्पनीको शेयर झन्डै साढे ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माई खोला हाइड्रोपावर र कुमारी बैंकको डिबेन्चर २०९० झन्डै ६ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३ सय २१ वटा कम्पनीका २ करोड ११ लाख कित्ता शेयर ८ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको छ

The post शेयर बजार आज ३५ अङ्कले घट्यो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register