जनमतका २ नेताविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ, ३० असार। जनमत पार्टीका निलम्बित नेताहरूले प्रहरीमा उजुरी दिएका छन् । पार्टीबाट निलम्बित उपाध्यक्ष दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव, नेता विरेन्द्र साहलले आफूमाथि कालोमोसो छ्यापिएको भन्दै उनीहरुले सोमबार जनमत पार्टीका दुई जना नेताविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका हुन् । आइतबार बारा क्षेत्र नम्बर २ जनमत पार्टीका निलम्बित उपाध्यक्ष साह, कोषाध्यक्ष यादव, नेता [...] The post जनमतका २ नेताविरुद्ध प्रहरीमा उजुरी appeared first on Jhapa Online.

Jul 14, 2025 - 11:38
 0
जनमतका २ नेताविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ, ३० असार। जनमत पार्टीका निलम्बित नेताहरूले प्रहरीमा उजुरी दिएका छन् । पार्टीबाट निलम्बित उपाध्यक्ष दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव, नेता विरेन्द्र साहलले आफूमाथि कालोमोसो छ्यापिएको भन्दै उनीहरुले सोमबार जनमत पार्टीका दुई जना नेताविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका हुन् ।

आइतबार बारा क्षेत्र नम्बर २ जनमत पार्टीका निलम्बित उपाध्यक्ष साह, कोषाध्यक्ष यादव, नेता साहमाथि जनमत पार्टीकै नेता विकासकुमार सिंह र रामबाबु साहले कालोमोसो छ्यापेका बताइएको छ ।

उपाध्यक्ष साहले पार्टी अध्यक्ष डा.सिके राउतको निर्देशनमा आफूहरूमाथि कालोमोसो छ्यापिएको निलम्बित उपाध्यक्ष साहले बताए । उनले आफूहरूमाथि ज्यान मार्ने धम्की समेत आएको बताए ।

The post जनमतका २ नेताविरुद्ध प्रहरीमा उजुरी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register