शिवसताक्षीमा धुमधामका साथ मनाइयो सिरुवा पर्व

शिवसताक्षी, ३ बैशाख । झापाको शिवसताक्षीमा सिरुवा पर्व धुमधामका साथ मनाइएको छ । शिवसताक्षीको चन्द्रडाँगीमा आदिवासी समुदादयले सिरुवा पर्व मनाएका हुन् । बृहत सिरुवा पर्व कार्यक्रमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले शिवसताक्षी नगरपालिकाले नगरभित्रका सबै जातजाति भाषा, धर्म र सवैका मौलिक पर्वहरुलाई समान ढंगले हेरेको बताए [...] The post शिवसताक्षीमा धुमधामका साथ मनाइयो सिरुवा पर्व appeared first on Jhapa Online.

Apr 16, 2025 - 17:29
 0
शिवसताक्षीमा धुमधामका साथ मनाइयो सिरुवा पर्व

शिवसताक्षी, ३ बैशाख । झापाको शिवसताक्षीमा सिरुवा पर्व धुमधामका साथ मनाइएको छ । शिवसताक्षीको चन्द्रडाँगीमा आदिवासी समुदादयले सिरुवा पर्व मनाएका हुन् । बृहत सिरुवा पर्व कार्यक्रमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका छन् ।

उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले शिवसताक्षी नगरपालिकाले नगरभित्रका सबै जातजाति भाषा, धर्म र सवैका मौलिक पर्वहरुलाई समान ढंगले हेरेको बताए । उनले शिवसताक्षी नगरपालिकाले यस सिरुवा पर्वलाई पनि यहाँका आदिबासी नागरिकहरुलाई उल्लासका साथ मनाउन आज नगर भरी विदा गरिएको जानकारी दिए ।

हाम्रो भाषा, लिपी संस्कारहरुलाई जर्गेन गर्न नया पुस्तालाई सुझाब दिए ।उनले हरेक मौलिक पर्वहरुलाई मनोरञ्जनका रुपमा मात्र नहेरी आफ्ना पुख्र्यौली पेशा, धर्म, संस्कृतिहरुलाई नयाँ पुस्तालाईहरुलाई सिकाउँदै लौजानु पर्ने बताए । यदी यस्ता पर्वहरुलाई वा कार्यक्रमहरुलाई मनोरञ्जनको रुपमा मात्र लिने हो भने, एक दिन मौलिक पर्व र संस्कृतिहरु लोप भएर जानेछन् उनले भने ।

त्यस्तै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की सिरुवा पर्वको सबैलाई शुभकामना दिदै सिरुवा पर्वको आज तेस्रो दिनलाई पनि हर्षोल्लाका साथ मनाउन सबैलाई आग्रह गरिन् । यो एउटा मौलिक पर्व हो । यसको जर्गेना गर्न सबै लाग्नु पर्छ । उनले भनिन् सबै जात जाति भाषा धर्म, संस्कृति नै राष्ट्रको सम्पति हो । यो पर्व पछिल्लो समय निस्चित जातिको मात्र नभई सबै जातजातिहरुको साझा पर्वको रुपमा मनाउन थालिएको छ ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका, वडा नं. ७ को कार्यालय र शुक्र माध्यमिक विद्यालयलाई सम्मान गरिएको थियो । कार्यक्रममा सफल पार्न सहयोग गर्ने संस्थाहरुलाई सम्मान गरिएको बृहत सांस्कृतिक सिरुवा पर्व उपभोक्ता समितिका अध्यक्ष सुरेस राजवंशीले जानकारी दिए ।

कार्यक्रममा राजवंशी समुदायका भेष भुषा लगाएर विभिन्न गीतहरु तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । राजवंशी समुदायिकी गायिका पिङ्की राजवंशी, स्थानीय कलाकार सानाहाङ्ग लिम्बुले गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ७ की वडा सदस्य पुजा नेपाली, ज्येष्ठ नागरिक नगर अध्यक्ष अम्बिका अधिकारी, शुक्र माध्यमिक विद्यालयका प्र.अ.खगेन्द्र घिमिरे, वडा नं. ७ का पूर्व वडाध्यक्ष नविन इजम लगायतले शुभकामना मन्तव्य राखेका थिए । बृहत सिरुवा पर्व सांस्कृतिक कार्यक्रम उभोक्ता शिवसताक्षी नगर समितिको आयोजनामा भएको कार्यक्रमको सञ्चालन द्वय चैतु राजवंशी र कुवेर राजवंशीले गरेका थिए ।

The post शिवसताक्षीमा धुमधामका साथ मनाइयो सिरुवा पर्व appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register