यसरी हुँदै छ कृष्ण भिरमा सडक पुर्ननिर्माणको काम

काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत पश्चिमखण्डस्थित कृष्ण भिर क्षेत्रमा यतिबेला सडक पुर्ननिर्माणको कार्य भइरहेको छ । गतवर्षको असोज ११ र १२ मा भएको भीषण वर्षापश्चात यस क्षेत्रको सडक किनार करिब ५० सेन्टिमिटर दबेको थियो । त्यसपछि विज्ञसहितको टोलीले अध्ययन गरेपश्चात अहिले यस क्षेत्रमा पाइलिङको काम भइरहेको छ । नदीले कटान गरेका स्थानमा पनि चेक ड्याम लगाउने […]

Jul 16, 2025 - 09:37
 0
यसरी हुँदै छ कृष्ण भिरमा सडक पुर्ननिर्माणको काम

काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत पश्चिमखण्डस्थित कृष्ण भिर क्षेत्रमा यतिबेला सडक पुर्ननिर्माणको कार्य भइरहेको छ ।

गतवर्षको असोज ११ र १२ मा भएको भीषण वर्षापश्चात यस क्षेत्रको सडक किनार करिब ५० सेन्टिमिटर दबेको थियो । त्यसपछि विज्ञसहितको टोलीले अध्ययन गरेपश्चात अहिले यस क्षेत्रमा पाइलिङको काम भइरहेको छ । नदीले कटान गरेका स्थानमा पनि चेक ड्याम लगाउने काम भइरहेको छ ।

नागढुंगा–मुग्लिन सडकअन्तर्गत पश्चिम खण्डका योजना प्रमुख केदारप्रसाद नेपालका अनुसार २०५७ सालमा यस क्षेत्रमा ठूलो पहिरो आएपश्चात ६/७ वर्ष लगाएर सडक विभागले बायो इन्जिनयरिङ, चेक ड्याम र विभिन्न स्ट्रक्चरहरु लगाएर पुर्ननिर्माण गरेपछि खासै ठूलो समस्या देखिएको छैन ।

राजमार्ग विस्तारका क्रममा कृष्णभिरको भिरलाई काट्ने वा भत्काउने योजना नभएको उनले बताए । नेपालका अनुसार यस राजमार्गमा पहिरोको जोखिम कम गर्न निर्माण व्यवसायी र परामर्शदातालाई उपकरणहरु तैनाथ राखेर मलेखु, हुग्दी पुल र कुरिनटारमा १२ वटाभन्दा बढी उपकरणहरु २४सै घण्टा तयारी अवस्थामा रहेका छन् । पहिरो आएर राजमार्ग बन्द हुनासाथ आधा घण्टाभित्र ती उपकरणहरु त्यहाँ पुग्ने उनले बताए ।

हालसम्म यस सडकखण्डको करिब ३२ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ । ४० किलोमिटर लामो यस खण्डमा मलेखुदेखि ५ किलोमिटर सर्भे डिजाइन गर्ने क्रममा डाटा फेरबदल हुँदा काममा केही ढिलाइ भएको नेपालले बताए ।

अहिले यस करिडोरमा निर्माण सामग्रीहरु पनि निकै अभाव रहेको छ । एक वर्षमा डेढ लाख घनमिटरभन्दा बढी नदीजन्य सामग्रीको आवश्यकता रहन्छ, तर स्थानीय निकायहरुसँग राजश्व तिरेर निकाल्दा करिब ३० हजारको मात्रै अनुमति पाइने भएकाले निर्माण सामग्रीको अभावले काममा केही ढिलाइ भएको योजना प्रमुख नेपालले बताए ।       

-नेपाल न्युज बैंक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register