आज कोशीसहित तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

झापा, १३ साउन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे बुलेटिन जारी गर्दै आगामी २४ घण्टाको मौसमबारे जानकारी दिएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ। आज दिउँसो [...] The post आज कोशीसहित तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना appeared first on Jhapa Online.

Jul 29, 2025 - 01:50
 0
आज कोशीसहित तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

झापा, १३ साउन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे बुलेटिन जारी गर्दै आगामी २४ घण्टाको मौसमबारे जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन–चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाले आज राती लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक‍–दुई स्थानमा मेघगर्जन–चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

The post आज कोशीसहित तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register