नाग पञ्चमीः नागको फोटोको व्यापार ह्वात्तै बढ्यो (तस्विरहरु)

काठमाडौँ । आज नाग पञ्चमी । परम्पराअनुसार आज नागको पूजाअर्चना गरी नाग पञ्चमी पर्व मनाइँदैछ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमीमा घरका मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रहेको छ । साथै नागको पूजाअर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ । सामान्यतया अगाडि सर्प नै राखेर पूजा […]

Jul 29, 2025 - 02:55
 0
नाग पञ्चमीः नागको फोटोको व्यापार ह्वात्तै बढ्यो (तस्विरहरु)

काठमाडौँ । आज नाग पञ्चमी । परम्पराअनुसार आज नागको पूजाअर्चना गरी नाग पञ्चमी पर्व मनाइँदैछ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमीमा घरका मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रहेको छ ।

साथै नागको पूजाअर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ । सामान्यतया अगाडि सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।

यही कारण पनि नागपञ्चमीको दिन नागको फोटोको व्यापार ह्वात्तै बढेको छ । हाल काठमाडौँको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा नागको फोटो बेच्ने र किन्नेहरुको भीड लागेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register