थाकथलो छाडेर गगनगौडामा भेटिएका हायू परिवारबारे के भन्छ प्रहरी ?

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । उर्मिला सहित उनका परिवारका १६ जना पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेको अवस्थामा प्रहरीले फेला पारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख […]

Jul 29, 2025 - 02:58
 0
थाकथलो छाडेर गगनगौडामा भेटिएका हायू परिवारबारे के भन्छ प्रहरी ?

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उर्मिला सहित उनका परिवारका १६ जना पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेको अवस्थामा प्रहरीले फेला पारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए ।

“हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ”, उनले भने, “उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुभएको रहेछ ।”

घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको विकले जनाए । उनीहरूका बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register