न्युयोर्क गोलीकाण्ड : प्रहरीसहित धेरै घाइते, शंकास्पद आक्रमणकारीको मृत्यु

एजेन्सी । अमेरिकाको न्युयोर्क सिटीको एक गगनचुम्बी भवनमा भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीको ज्यान गएको छ भने अन्य धेरै मानिसहरू घाइते भएका छन्। आक्रमणकारी शंकास्पद व्यक्तिको घटनास्थलमै मृत्यु भएको बीबीसीले जनाएको छ । म्यानहाटनको मिडटाउनस्थित ३४५ पार्क एभेन्यु नजिकै ठूलो संख्यामा प्रहरीको उपस्थिति देखिएको छ । न्युयोर्क प्रहरी विभागले आम नागरिकलाई उक्त क्षेत्रबाट टाढा रहन […]

Jul 29, 2025 - 03:16
 0
न्युयोर्क गोलीकाण्ड : प्रहरीसहित धेरै घाइते, शंकास्पद आक्रमणकारीको मृत्यु

एजेन्सी । अमेरिकाको न्युयोर्क सिटीको एक गगनचुम्बी भवनमा भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीको ज्यान गएको छ भने अन्य धेरै मानिसहरू घाइते भएका छन्। आक्रमणकारी शंकास्पद व्यक्तिको घटनास्थलमै मृत्यु भएको बीबीसीले जनाएको छ ।

म्यानहाटनको मिडटाउनस्थित ३४५ पार्क एभेन्यु नजिकै ठूलो संख्यामा प्रहरीको उपस्थिति देखिएको छ । न्युयोर्क प्रहरी विभागले आम नागरिकलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।

घटनाको विस्तृत जानकारी स्थानीय समयअनुसार राति १० बजे सार्वजनिक गरिने जनाइएको छ। सीबीएस न्यूजका अनुसार गोलीकाण्डमा एक प्रहरी अधिकारीको ज्यान गएको छ भने अन्य केही व्यक्तिहरू गम्भीर घाइते भएका छन्।

एक बीबीसी पत्रकारले भने, “मैले एउटा व्यक्तिलाई स्ट्रेचरमा लडाइएको देखेँ, उनको छातीमा पट्टी बाँधिएको थियो।”

न्युयोर्क सिटीका प्रहरी आयुक्तले स्थिति नियन्त्रणमा लिइएको एक्लो आक्रमणकारीलाई निष्क्रिय पारिएको जनाएका छन् ।

अहिलेसम्म घटनाको कारण खुलाइएको छैन तर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register