नेप्सेको थोत्रो सिष्टम बिग्रेकोबारे रास्वपा सांसद ढकालको चासो, अर्थमन्त्री भेटेर कुरा राख्ने !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले अर्थ मन्त्री भेट्ने भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार प्रणालीमा देखिएको गलत गणनाको विषयमा सुझाव दिन ढकालले अर्थमन्त्री विष्णु पौडेललाई भेट्न लागेका हुन् ।  ढकालले सोमबारको बजारमा कारोबार समय पश्चात परिसूचकको भारित औषत गणना गर्ने क्रममा भएको त्रुटिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् […]

Jul 29, 2025 - 03:36
 0
नेप्सेको थोत्रो सिष्टम बिग्रेकोबारे रास्वपा सांसद ढकालको चासो, अर्थमन्त्री भेटेर कुरा राख्ने !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले अर्थ मन्त्री भेट्ने भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार प्रणालीमा देखिएको गलत गणनाको विषयमा सुझाव दिन ढकालले अर्थमन्त्री विष्णु पौडेललाई भेट्न लागेका हुन् । 

ढकालले सोमबारको बजारमा कारोबार समय पश्चात परिसूचकको भारित औषत गणना गर्ने क्रममा भएको त्रुटिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

लाखौँ लगानीकर्ताको खर्बौं पूँजी रहेको सेयर बजारमा हुने यस्तो गल्ती क्षम्य नहुने ढकालको भनाई छ । उनले नेप्सेको प्रणालीमा देखिएको यस्तो गल्तीका विषयमा आवश्यक सुझाव दिन अर्थ मन्त्री भेट्न लागेको पनि जनाएका छन् ।

‘…यो त्रुटि कसले, किन र कसरी गर्यो ? त्यसको उत्तर खोज्न र यस विषयमा आवश्यक सुझाव अर्थ मन्त्रालयमार्फत नेप्सेलाई दिन अर्थमन्त्री भेट्दैछु ।’, उनले लेखेका छन् । 

त्यस्तै, ढकालले उक्त विषयमा केही सुझाव भए सुझावहरु दिन पनि सेयर लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register