टी-२० आई सिरिजमा अष्ट्रेलियाको क्लिन स्विप

एजेन्सी । अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय (टी-२०आई) सिरिजमा क्लिन स्विप गर्दै शानदार प्रदर्शन गरेको छ। मंगलबार बिहान वार्नर पार्कमा सम्पन्न अन्तिम तथा पाँचौं खेलमा तीन विकेटको जित हात पार्दै अष्ट्रेलियाले सम्पूर्ण सिरिजमा वर्चस्व कायम गरेको हो । अन्तिम खेलमा वेस्ट इन्डिजले दिएको १७१ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ७ विकेटको क्षतिमा पुरा […]

Jul 29, 2025 - 04:33
 0
टी-२० आई सिरिजमा अष्ट्रेलियाको क्लिन स्विप

एजेन्सी । अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय (टी-२०आई) सिरिजमा क्लिन स्विप गर्दै शानदार प्रदर्शन गरेको छ। मंगलबार बिहान वार्नर पार्कमा सम्पन्न अन्तिम तथा पाँचौं खेलमा तीन विकेटको जित हात पार्दै अष्ट्रेलियाले सम्पूर्ण सिरिजमा वर्चस्व कायम गरेको हो ।

अन्तिम खेलमा वेस्ट इन्डिजले दिएको १७१ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ७ विकेटको क्षतिमा पुरा गर्‍यो। अष्ट्रेलियाका मिचेल ओविनले १७ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ३७ रन बनाए। क्यामरुन ग्रिनले १८ बलमा ५ चौकासहित ३२ रन, टिम डेविडले १२ बलमा ३० रन, कप्तान मिचेल मार्शले ८ बलमा १४ रन तथा जोस इङ्ग्लिसले ५ बलमा १० रन बनाए। आरोन हार्डी भने २५ बलमा २ चौका र १ छक्का सहित अविजित २८ रनमा रहे।

बलिङतर्फ वेस्ट इन्डिजका अकिल होसेनले ३ विकेट लिए भने अल्जारी जोसेफ र जेसन होल्डरले समान २ विकेट हात पार्न सफल भए।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १९.४ ओभरमा सबै विकेट गुमाएर १७० रन बनाएको थियो। शिमरन हेटमायरले ३१ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकीय इनिङ खेले। शरफन रदरफोर्डले १७ बलमा ६ चौका र १ छक्कासहित ३५ रन बनाए। जेसन होल्डरले २०, म्याथ्यु फोर्डले १५ तथा अकिल होसेन र ब्रान्डन किंगले समान ११ रन बनाए।

अष्ट्रेलियाका बेन ड्वार्शुसले ३ विकेट लिए भने नाथन एलिसले २ विकेट र आरोन हार्डी, सान एबट, ग्लेन म्याक्सवेल तथा एडम जाम्पाले समान १-१ विकेट लिए।

यसअघि सम्पन्न तीन खेलको टेस्ट सिरिजमा पनि अस्ट्रेलियाले क्लिन स्विप गर्दै वेस्ट इन्डिजमाथि पूर्ण दबदबा देखाएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register