"चैत्र 1 गते घर भगेरा दिबस "कार्यक्रम भब्यता पुर्बक सम्पन।

"चैत्र 1 गते घर भगेरा दिबस "कार्यक्रम भब्यता पुर्बक सम्पन।
श्री सामाजिक सदभाब तथा राष्टिय एकता अभियान नेपालको बिभिन्न शिर्षकमा बिगत 10बर्ष देखी बिभिन अभियानको काम मध्य चैत्र (मार्च)मा घर भगेरा दिबस मनाउने पनि एक महत्वपूर्ण कार्य हो। त्यही कार्यक्रम गर्ने क्रममा यो बर्ष सबभन्दा पहिले- कीर्तिपुर नगरपालिका 5" पृथिबीचोक" स्थित ग्रिन भिलेज एजुकेशन फाउण्डेसमा र त्यस पछि क्रमस पागा जनसेवा मा बि , बाघभैरब मा बि, श्री बालकुमारी मा बि ,क्रियटिभ एकेडेमी आदी स्कूल स्कूलको बिहानको "प्राथना सभा "मा घर भगेरा संम्रक्षण बिषय "मा केन्दित भै त्यहाका शिक्षक कर्मचारी बिध्यार्थीहरू समक्ष संमयोजक ध्रुब बस्नेत अभियन्ता श्री राजमान श्रेष्टले प्रबचन दिने कार्य पनि गर्ने काम भयको थियो।
कीर्तिपुर क्रियटिभ स्कूलको सभा हलमा आयोजित "चैत्र 1गते घर भगेरा दिबस "कार्यक्रममा प्रमुख अतिथि प्रा डा रामकुमार पाडेले " हालको समय बिबेक हरायको समय भयको भन्न भयो।हाम्रा रिषीमुनीले अध्ययन गरेर बनेको पूर्बिय सभ्यतामा हाम्रो नेपाल बिश्वमै धनी थियो ,छ। तर हाम्रै आन्तरिक बढ्दो बिबिध बिकृतिले गर्दा झन झन बिदेसी बिकृति पनि थपिदो छ। आफुलो बिदेस भ्रमणको क्रममा हेर्दा जापान देसले चाही आफ्ना पुराना प्राचिन असल परमपरा संमरक्षण गरेको पाए भन्नु भयो। हाल हामी नेपालीमा हृदय दया हराउदै गयको छ त्यस्को प्रमाण- जस्तो हाम्रा नया घरमा खटप्वाल पनि टाल्दा हाम्रा कुचिकार एब बोल्ने सारूङ(रूबी)चरा पनि सुकुमबासी भै हराइ सकेका छन्।
अति गुनिलो घर भगेरा चराको महत्व बुझेका पहिलेका पुस्ताले कागबाट सुरक्षित पार्ने "चख्वप्वा"( भगेरा बास बस्ने फुल पार्ने बच्चा कोरल्न हुर्काउने बिशेष सुरक्षित गुड) बनाउने चलन थियो, त्यो पनि हरायो।आज सामाजिक अभियन्ता देसभक्त धुब बस्नेतले कीर्तिपुरबाट यो " चैत्र1 गते राष्टि घर भगेरा दिबस" को काम एब नब जागरण शुरू गर्नु भयो। त्यसैले अब हुन्छ भन्दै सबैले प्रचार प्रसार गरी थप जागरण ल्याऔ, आयोजक लाई बधाई छ भन्नु भयो।
त्यसै कार्यक्रमा त्रि बि बाट हालसालै भगेरा बिषयमा अनुशन्धान गर्नु भयकी दिपा डंगोले पनि त्यहा बोल्दै भन्नु भयो " अब हामीले सहरमा बस्नेले कम्सेकम बिहान कौसीमा एक गास भात र एक कचौरा पानी राखि दिने गरौ, सहरमा भगेरा नभय पनि अरू चराले खान पाउछन" आदी पनि भन्नु भयो। भगेरा गीत सर्जक भक्तबहादुर पंडितले सामाजिक सदभाबको महत्व बताउनु भयो।, पुरानो लोकगायक79 बर्षका कृष्ण बस्नेतले" पहिलेका आफ्नो गाउका घरघरको खटप्वालमा जन्मेका हुर्केका सारूङचराहरू पनि बासको साझमा कराउदै राती बास बस्थे।तर आजका सहरका नया महगा घरमा खटप्वाल टाल्ने नया पापी चलनको आगमनले गर्दा आज ति पनि जन्मनै नपाइ हराए , के हुन लाग्योनी ? हे परमात्मा?" भन्नु भयो। त्यहा भगेरा संमरक्षणको क्रममा ब्यबहारमै काम गर्नेहरू पनि उपस्थित थिए। त्यस्तै आफ्नो घरमा खटप्वाल नटालिकन त्यही भगेरा बास बसाउन "चख्वुप्वा"बनाउनेहरू पनि त्यहा निम्ता गरिएको थियो।त्यस मध्यका 60बर्षे जयराम महर्जनले पनि बोल्नु भयको थियो। वहा महर्जनले चाही "आफुले आफ्नी बुढी हजुर आमामको भनाईको शिक्षा लियर नै आफ्नो 2055मा बनाएको घरमा आफुले 54गुड बनाएको छु भनेर जानकारी दिनु भयको थियो।
अभियानका संयोजक एब सभापति ध्रुब बस्नेतले " उपस्थित एब सबै बक्ताबाट धेरै सिक्न मौका मिलेको मात्र नभै हाम्रो भूगोलबिध, गीत सर्जक, गायक, भगेराको गुड बनाउनेहरू, बिध्यार्थी शिक्षक एब कार्यक्म सहयोगी सबै एक ठाउमा परिचय भयको खुसी ब्यक्य गर्दै सबैलाई धन्यबाद दिनु भयको थियो। कार्यक्ममा गायक कोकीलमानले गायको गीत पनि सुनाइएको थियो।
( "चैत्र 1 गते भगेरा दिबस सन्धर्भमा" चैत्र 2 गते पनि सामाजिक अभियन्ता ध्रुब बस्नेतले आफ्नो घर नजिक स्कूलमा बोलेको भीडियोको केही अंस पनि यसै साथ रहेको छ )|