बलात्कारपछि हत्या गरी फरार दुई जना १६ वर्षपछि पक्राउ

May 22, 2023 - 03:01
 0
बलात्कारपछि हत्या गरी फरार दुई जना १६ वर्षपछि पक्राउ
बलात्कारपछि हत्या गरी फरार दुई जना १६ वर्षपछि पक्राउ

काठमाडौं ।१६ वर्षअघि बलात्कारपछि हत्या गरेर फरार भएका दुई जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कारपछि हत्या गरेर १६ वर्षदेखि फरार रहेका दुई जना पक्राउ परेका हुन । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार शहिदभुमी गाउँपालिकाबाट पक्राउ गरी उनीहरूलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो । जसअनुसार १० दिनको म्याद थप गरी उनीहरू माथि अनुसन्धान अगाडी बढाइएको मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्ने बित्तिकै दुवै जनाले आफूले गरेको सो अपराध स्वीकार गरेका छन् ।  

गत २०६४ मङ्सिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामा लगी ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थालेपछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवै जनाले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1