एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित

May 26, 2023 - 06:11
 0
एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित
एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि आजको प्रतिनिधि सभा बैठक २० मिनेट स्थगित भएको छ। शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने र उठेका प्रश्नबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम थियो।

बैठक निर्धारित समयभन्दा झन्डै साढे १ घन्टा ढिला सुरू भएको थियो‍। सभामुख देवराज घिमिरले बैठक सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए। गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।

यसअघि प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै 'पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको' आरोप लगाएका थिए।

त्यसपछि एमाले सांसदहरू बसेका ठाउँबाट पुन: उठेका छन्। एमाले सांसदहरूले यसबारे सरकारले जवाफ राख्नुपर्ने मागसमेत गरेका छन्।सभामुखले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले सांसदहरूले वेल घेरेर नाराबाजीसमेत गरेका छन्।नाराबाजीपछि सभामुख घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका हुन्। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1