नागरिकता विधेयक र रेशमलाई आममाफी दिने देउवाको निर्णय सह्य हुँदैन : गगन थापा

Jun 2, 2023 - 09:42
 0
नागरिकता विधेयक र रेशमलाई आममाफी दिने देउवाको निर्णय सह्य हुँदैन : गगन थापा
नागरिकता विधेयक र रेशमलाई आममाफी दिने देउवाको निर्णय सह्य हुँदैन : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिनुभएकाे  छ ।

महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिविरुद्ध संघर्ष गर्ने बताउनुभयाे ।

प्रेस युनियन नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरु आफूलाई सैह्य नहुने बताउनुभयाे।

महामन्त्री थापाले भन्नेनुभयो ‘केही दिन बीचमा नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भिर, महत्वपूर्ण दीर्घकालीन महत्वको र जनचासोको निर्णयहरु गर्यो। एउटा निर्णय आममाफीको विषयमा।  एउटा निर्णय नागरिकताको विषयमा। एउटा निर्णय प्रदेश सरकारमा कांग्रेसको सहभागिता, सहभागिताको लागि भएको मन्त्रालय पनि तोडफोड गर्ने विषयको सन्दर्भमा। एउटा निर्णय सरकारले गर्यो भर्खर सांसद विकास कोषको सन्दर्भमा। यस्ता कैयन विषयहरु छन्।’

उहाँले थपे, ‘यी सबै विषयहरुका सन्दर्भमा नेपाली कांग्रेसको पार्टी सभापतिले, मुख्य नेतृत्वले एक्लै गर्नु भएको निर्णयहरु हो। यो निर्णय मैले तपाईं भन्दा पछाडि थाहा पाएको हुँ। किनकी पहिला तपाईले थाहा पाउनुभयो। तपाईले बाहिर सम्प्रेषित गर्नुभयो। र, मैले त्यसलाई सुनेँ।’थापाले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन पार्टीको नेता, कार्यकर्तालाई आह्वान समेत गर्नुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1