नक्कली भुटानी शरणार्थी प्रकरण: आजबाट अभियुक्तका पक्षबाट बहस सुरु हुने

Jun 7, 2023 - 01:04
 0
नक्कली भुटानी शरणार्थी प्रकरण: आजबाट अभियुक्तका पक्षबाट बहस सुरु हुने
नक्कली भुटानी शरणार्थी प्रकरण: आजबाट अभियुक्तका पक्षबाट बहस सुरु हुने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आजबाट अभियुक्त पक्षबाट बहस सुरु हुनेछ । मङ्गलवार सरकारी वकिलको बहस सकिएपछि आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन् ।  सो बहसका लागि पूर्व महान्यायाधिवक्तादेखि नेपाल बार एशोसियनका बहालवाला अध्यक्षदेखि पूर्व अध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाउनुभएको छ।  

यसअघि, नै निर्धारण भएको बहसको समयअनुसार सरकारी वकिलले तीन दिनको बहस सकिएपछि अभियुक्त पक्षका वकिलहरूले आजबाट बहस सुरु गर्न लाग्नुभएको हो । 

अभियुक्त पक्षका वकिलका लागि भने बहसका लागि ६ दिनको समय दिइनेछ ।जिल्ला अदालत काठमाडौँमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिनेछ । 

गत आइतबारदेखि जारी बहसका क्रममा सरकारी वकिलले अभियुक्तहरू शक्तिशाली पहुँच भएका व्यक्तिहरू भएको हुँदा उनीहरू बाहिर आए मुद्दा प्रभावित पार्न सक्ने भन्दै पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क राख्दै आएका छन् ।

सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोग पत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1