सेयर बजार २५.६६ अंकले बढ्यो

Jun 6, 2023 - 09:09
 0
सेयर बजार २५.६६ अंकले बढ्यो
सेयर बजार २५.६६ अंकले बढ्यो

काठमाडौं । सेयर बजार मंगलबार २५.६६ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १.३५ प्रतिशतले वृद्धि भएर १९२७.६५ विन्दुमा पुगेर बन्द भएको छ । साथैसेन्सेटिभ इण्डेक्स २.८७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक बढेको छ ।

२६९ स्टकको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँ बराबरको कारोबार भएको छ । 

१३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशत बढेको छ । त्यसैगरी, निर्जीवन बिमा उपसमूहको परिसूचक ४.६४ प्रतिशत बढ्दा जलविद्युत उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1