सत्ता पक्षसँग उदार छातीको अपेक्षा राख्छौँ : सिसिर खनाल

Jun 11, 2023 - 06:55
 0
सत्ता पक्षसँग उदार छातीको अपेक्षा राख्छौँ : सिसिर खनाल
सत्ता पक्षसँग उदार छातीको अपेक्षा राख्छौँ : सिसिर खनाल

कठमाडौं । प्रतिनिधि सभा सदस्य सिसिर खनालले संसदीय व्यवस्थामा सङ्ख्याको आधारमा धेरै हुने सत्ता पक्षसँग प्रतिपक्षीले उदार छातीको अपेक्षा राख्ने बताउनुभएको छ  । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै खनालले सत्तापक्षसँग उदारताको अपेक्षा गरेको बताउनुभयो । सरकारले ल्याएको बजेट र कार्यक्रम माथि छलफल गर्दा उदारतापूर्वक सुन्न उहाँले आग्रह गर्नुभयो । ‘हामी सत्ता पक्षसँग उदार छातीको अपेक्षा राख्छौँ’, उहाँले भन्नुभयो । 

सरकाले ल्याएको बजेटको अनुमान आधार सङ्गत हुनु पर्ने उहाँले बताउनुभयो । तर सरकारले ल्याएको बजेटको अनुमान कुनै तर्कसङ्गत र विश्वास गर्न लायक नभएको उहाँको भनाइ छ । ‘बजेटको आधार नै अत्यन्त विश्वसनीय नभएको देखिन्छ’, उहाँले भन्नुभयो  । 

सरकारले ल्याएको बजेटमा शिक्षाले प्राथमिकता नपाएको उहाँले बताउनुभयो । विद्यालय कर्मचारीका कुरा नीति तथा कार्यक्रममा उठाए पनि बजेटले बिर्सिएको उहाँले बताउनुभयो । शिक्षा ऐन, शिक्षा गुणस्तर सुधार, विभिन्न स्थानमा शिक्षालय स्थापनाको कुरा नीति कार्यक्रममा उठाएको भए पनि बजेटले बिर्सिएको उहाँको भनाइ छ । सही नियतबाट काम गरियो भने उपलब्धि प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । प्रतिनिधि सभामा उठेको प्रश्नको उचित सम्बोधन हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1