भ्रष्टाचार निवारण विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रमेश लेखकले सभासमक्ष पेस गरेको विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो । सोही अवसरमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नागरिकको सुख, शान्ति तथा आर्थिक हित, समाजमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम […]

Feb 18, 2025 - 00:57
 0
भ्रष्टाचार निवारण विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रमेश लेखकले सभासमक्ष पेस गरेको विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो ।

सोही अवसरमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नागरिकको सुख, शान्ति तथा आर्थिक हित, समाजमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्न र भ्रष्टाचार अन्त्य गर्न विधेयक ल्याउनुपरेको प्रष्ट पारे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सभासमक्ष ‘अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डको संयन्त्रहरू (महासन्धि, प्रोटोकल र सिफारिस)सम्बन्धी प्रतिवेदन’ पेस गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते दिनको १ बजे बस्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register