बेहडाबाबा धार्मिक मेलाको आय–व्यय सार्वजनिक

Jun 18, 2023 - 02:10
 0
बेहडाबाबा धार्मिक मेलाको आय–व्यय सार्वजनिक
बेहडाबाबा धार्मिक मेलाको आय–व्यय सार्वजनिक

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१६ उर्मामा धार्मिक महत्व बोकेको बेहडाबाबा मन्दिरको आय–व्यय सार्वजनिक गरिएको छ । बेहडाबाबा मन्दिर व्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलन गर्दै यो वर्ष आयोजना गरिएको गङ्गादशहरा मेलाको आय–व्यय सार्वजनिक गरेको हो ।

यो वर्ष आयोजना गरिएको गङ्गादशहरा मेलाबाट मन्दिरको रु ३१ लाख ७४ हजार आठ सय ६१ आम्दानी भएको छ । मेला आयोजनामा रु सात लाख ८५ हजार तीन सय ८९ खर्च हुँदा बचत रु २३ लाख ८९ हजार चार सय ७२ भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

उनका अनुसार बचत रकम मन्दिरको खातामा जम्मा गरिएको छ । आम्दानीतर्फ दानपेटीमा रु पाँच लाख ३४ हजार पाँच, ठेलीमा सहयोग रु ९९ हजार पाँच सय ३६, दर्ता शुल्क रु पाँच लाख ९२ हजार नौ सय १५, पार्किङ शुल्कबाट रु दुई लाख २० हजार, स्टल तथा पसलबाट रु सात लाख ६१ हजार तीन सय ८५, रमाइलो मेलाबाट रु नौ लाख एक हजार र धान, गहुँ बिक्रीबाट रु ६६ हजार २० आम्दानी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताए ।

मन्दिरमा यो वर्ष दुई किलोग्राम आठ सय ८३ ग्राम चाँदीको नाग, दुई किलोग्राम तीन सय १९ ग्राम चाँदीको जलहरी, चार दशमलव ५३ ग्राम सुन, तिलहरि पोतेसहित ४० ग्राम, चाँदी ७५ ग्राम र एउटा चाँदीको सिक्का भक्तजनले चढाएको पत्रकार सम्मेलनमा बताइएको छ । तीन दिनसम्म सञ्चालन भएको मेलामा नेपाल तथा भारतबाट झन्डै १० लाख भक्तजनले अवलोकन गरेको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1