बस दुर्घटनामा हुँदा पाकिस्तानमा १३ जनाको मृत्यु, ३२ घाइते

Jun 19, 2023 - 03:57
 0
बस दुर्घटनामा हुँदा पाकिस्तानमा १३ जनाको मृत्यु, ३२ घाइते
बस दुर्घटनामा हुँदा पाकिस्तानमा १३ जनाको मृत्यु, ३२ घाइते

इस्लामबाद । पाकिस्तानमा सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटना इस्लामाबाद–लाहोर राजमार्गमा भएको हो । दुर्घटनामा ३२ जना घाइते भएका छन् । जसमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो ? भन्ने अहिलेसम्म खुल्न सकेको छैन । तर, लगातारको वर्षाका कारण बस चिप्लिएर अर्को लेनमा गएको अनुमान गरिएको छ । 

पाकिस्तानको समाचार वेबसाइट ‘एक्सप्रेस ट्रिब्यून’ का अनुसार दुर्घटना कल्ला कहर क्षेत्रमा भएको हो । सो दुर्घटना हुँदा त्यहाँ पानी परिरहेको थियो । तीव्र गतिमा गुडेको सो बसले अर्को लेनमा गएर डिभाइडर पनि भत्काउँदै पल्टिएको थियो ।  

पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने उपचारका क्रममा ८ जनाको मृत्यु भएको छ । ३२ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । जसमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले बस चालक र चालक विरुद्ध मुद्दा दर्ता गरेको छ । 

निजी कम्पनीको यो बसले दुर्घटना भएको रुटको इजाजत समेत नलिएको केही सञ्चारमाध्यममा उल्लेख गरेका छन् । यसबाहेक फिटनेस सर्टिफिकेट पनि थिएन। त्यसैले बसमा नै केही समस्या भएको अनुमान गरिएको छ । 

गत फागुनमा पनि सोही क्षेत्रमा ठुलो सडक दुर्घटना भएको थियो । त्यसपछि दुई वटा कार ठोक्किए र दुवै नजिकैको खाल्डोमा खसेका थिए । यस घटनामा १४ जनाको मृत्यु भएको थियो। उनीहरू सबै बिहे गरेर फर्केका थिए ।  प्रधानमन्त्री शाहबाज सरिफले आइतबार भएको सो दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.