अमेरिका, चीन र भारतसहित विभिन्न देशका गुप्तचर प्रमुखको सिंगापुरमा गोप्य बैठक

Jun 5, 2023 - 03:33
 0
अमेरिका, चीन र भारतसहित विभिन्न देशका गुप्तचर प्रमुखको सिंगापुरमा गोप्य बैठक
अमेरिका, चीन र भारतसहित विभिन्न देशका गुप्तचर प्रमुखको सिंगापुरमा गोप्य बैठक

काठमाडौँ । अमेरिका, चीन र भारतसहित  संसारका झन्डै दुई दर्जन देशका गुप्तचर प्रमुखहरूले सिंगापुरमा गोप्य बैठक गरेको खुलेको छ। समाचार संस्था रोयटर्सका अनुसार  सिंगापुरले आयोजना गरेको  सांग्रिला डायलग भइरहेका बेला गत साता गुप्तचर प्रमुखहरूले पनि बैठक गरेका हुन्।  सुरक्षासम्बन्धी विषयमा छलफल हुने सांग्रिला डायलगका क्रममा यसअघि पनि गुप्तचर प्रमुखहरूको बैठक हुने बताइए पनि त्यस्ता बैठक सार्वजनिक हुने गरेका थिएनन्।

रोयटर्सले विभिन्न पाँच वटा स्रोतलाई उद्धृत गर्दै अमेरिकाको नेशनल इन्टेलिजेन्सकी निर्देशक आभ्रिल हेइनस, भारतको रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्त गोयल र चिनियाँ गुप्तचर संस्थाका उच्च अधिकारी पनि बैठकमा सहभागी भएको उल्लेख गरेको छ।

अमेरिका-चीनसँगै र भारत र चीनबीच विभिन्न विषयमा तनाव जारी रहेको भए पनि ती देशका गुप्तचर प्रमुखहरूले बैठक गरेका हुन्।‘विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूमा कुरा गर्नका लागि यो बैठक महत्वपूर्ण हो,’ बैठकबारे जानकार एक अधिकारीले भने, ‘जुनजुन मुलुकका प्रतिनिधिहरू सहभागी भएका छन्, यसले उनीहरूलाई एकअर्काको नियत र उनीहरूको बटम लाइन के हो भन्ने गहिरो गरी बुझ्ने अवसर दिएको छ।‘

सांग्रिला डायलगमा  विभिन्न ४९ देशका  ६०० जना प्रतिनिधि सहभागी थिए। डायलगमा युक्रेनका उपरक्षा मन्त्री भोलोदिमिर हाभ्रिलोभ पनि सहभागी थिए तर उनी गुप्तचर प्रमुखको बैठकमा सहभागी थिएनन्। उक्त बैठकमा रूसका  गुप्तचर प्रमुख पनि सहभागी नभएको बताइएको छ।

सिंगापुरको रक्षा मन्त्रालयका एक जना प्रवक्ताले  सांग्रिला डायलग  विभिन्न देशका गुप्तचर प्रमुखहरूको पनि भेटघाट गर्ने अवसर भएको बताएका छन्।

‘सिंगापुरको  रक्षा मन्त्रालयले यस्ता द्विपक्षीय र ‍बहुपक्षीय बैठकहरूका लागि सहजीकरण गरिदिन सक्छ,’ उनले भने, ‘डायलगको साइडलाइनमा हुने  बैठकहरू सहभागीका लागि धेरै फाइदाजनक हुन्छन्।‘

अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र ‍न्युजिल्यान्डले गुप्तचर निकायका उच्च अधिकारीहरूको सञ्जाल बनाएका छन्। जसलाई उनीहरू फाइभ आइज नेटवर्क भन्छन्। फाइभ आइज नेटवर्कका गुप्तचर अधिकारीहरू प्राय: भेटघाट गरिरहन्छन्।

यति ठूलो संख्यामा विभिन्न देशका गुप्तचर प्रमुखले बैठक गर्ने घटना बिरलै हुन्छन् र भए पनि सार्वजनिक हुँदैनन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1