बरिष्ठ पत्रकार गोकुल पोखरेल अभिनन्दित

Sep 29, 2023 - 12:20
 0
बरिष्ठ पत्रकार गोकुल पोखरेल अभिनन्दित

असोस १२, काठमाडौं । बरिष्ठ पत्रकार गोकुल पोखरेललाई  नेपाल भारत मैत्री समाजले अभिनन्दन गरेको छ । आज उहाँकै निवास बिशालनगरस्थित सेन्ट्रल एपार्टमेन्ट पुगरे नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करीले पत्रकार पोखलेललाई अभिनन्दन  गर्नु  भएको हो । । सो अभिनन्दन कार्यक्रममा बरिष्ठ उपाध्यक्ष एमडी अग्रवाल र शताब्दी पुरुष डा. गौरीशंकरलाल  दासको पनि  उपस्थिति रहेको थियो । 


वि.स. १९९३ साल पौष १ गते पुर्वी जिल्ला धनकुटा बजारमा बुवा पं छविलाल पोखरेल र माता बालमाया पोखरेलको छोराको रुपमा जन्मनु भएका पत्रकार पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट अंगे्रजी भाषामा एम. एम. र पत्रकारितामा भारत , बेलायत र फान्सबाट उच्च शिक्षा हासिल गर्नु भयो । लामो समय गोरखापत्र दैनिक र द राइजिङ्ग नेपालमा सम्पादक रहनु भएका पोखरेल अवकास पछि  पत्रकारहरुलाई प्रशिक्षण दिने संस्था नेपाल प्रेस इन्सिटिच्युटमा आबद्ध हुनु भयो र त्यहँीबाट अवकास पाउनु भयो । 
नेपाल आर्य समाजको अध्यक्ष, नेपाल मानव अधिकार आयोगको सदस्य लगायत उहाँ धेरैवटा संघसंस्थमा आबद्ध हुनु भयो ।हाल उहाँ नेपाल भारत मैत्री समाजको द्धितीय उपाध्यक्ष हुन्छ । हाल उहाँ श्रीमती रन्जना पोखरेल संगै बिशालनगरमा बसोवास गर्दै आउनु भएको छ । उहाँका परिवारका सदस्यहरु हाल अष्टे्रलियमा रहेका छन । नेपालमा हाल उच्च र मध्यम परिवारका सदस्यहरु विदेश पलायन भएकाले नेपालमा जेष्ठ नागरिकहरु क्रमशः परिवारविहीन हँुदै गइ रहेका छन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register