पाकिस्तान क्रिकेट मैदानमा विजयी त भयो तर आचरणमा ठूलो हार
शनिबार भएको खेलमा बांग्लादेश माथि श्रीलंकाको विजय इस्लाम धर्ममाथि बौद्ध धर्मको विजय भनेर सामाजिक सञ्जालमा हल्ला गरिएको पाइएन। किन होला पाकिस्तान सधै धर्मको हतियार लिएर मैदानमा उत्रिने?

टी २०क्रिकेट विश्वकपमा पाकिस्तानको भारत माथिको जितपछि सामाजिक सञ्जालमा ठूला अहंकारी शब्दहरु बोली राखिएका छन्। कोही इस्लाम जिन्दाबादको नारा लगाउदै छन् भने कोहि यसलाई काफिरहरुको हार भन्दै खुशी छन् र केहि मानिसहरु छन् जो यसलाई पीएम मोदीको हार पनि भन्दै छन्। सूचीमा मन्त्रीहरु बाट क्रिकेटरहरु र YouTuberहरु सम्म सबै सामेल छन्। पाकिस्तानका गृहमन्त्री शेख रशिदले पाकिस्तानी टिमको जित - इस्लामको जीत भएको बताएका छन्।
शनिबार भएको खेलमा बांग्लादेश माथि श्रीलंकाको विजय इस्लाम धर्ममाथि बौद्ध धर्मको विजय भनेर सामाजिक सञ्जालमा हल्ला गरिएको पाइएन। किन होला पाकिस्तान सधै धर्मको हतियार लिएर मैदानमा उत्रिने?
पाकिस्तानमा भन्दा बढी इस्लाम धर्मावलम्बीहरु हिन्दुस्तानमा छन् तर पनि पाकिस्तानले सदैव इस्लाम धर्मको आडमा हरेक क्षेत्रमा आफ्नो खुट्टा पसारेको पाइन्छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको युएनमा दिएको भाषण होस् अथवा पाकिस्तानका सांसदहरुले संसदमै बोलिएका भाषण हुन् सबै हिन्दू विरोधी र हिन्दुहरुको घृणाले भरिपूर्ण हुन्छ।
इस्लाम धर्ममा इस्लाम नमान्ने अथवा प्रफेट मोहम्मदलाई नमान्ने सबैलाई काफिर अथवा कुफर को नाम दिएको छ । जसको मतलब हो उनीहरु तल्लो दर्जाका नागरिक हुन् र उनीहरुमाथि जे अन्याय गरेपनि उपयुक्त हुन्छ।
तपाई आफै कल्पना गर्नुस त! यता अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप खेल भइराखेको छ जसमा दक्षिण अफ्रिकालाई अस्ट्रेलियाले पराजित गर्यो, त्यस्तै वेस्ट इन्डिजलाई इंग्ल्याण्डले पराजित गर्यो र अफगानिस्तानलाई श्रीलंकाले पराजित गर्यो, कहीँ पनि यस्तो तल्लो लेवलको सोच र वक्तव्य हरु देख्न र पढ्न पाइएन।
पाकिस्तानले एउटा खेल जितेको पक्कै पनि हो तर आफ्नो आचरण बोली र घमण्डले भने संसारलाई पक्कै पनि सरम सार पार्यो।
What's Your Reaction?






