सुडान कू: सेनाले कब्जा गरेपछि विरोध प्रदर्शन जारी
सुडानमा भएको यो कूको विरुद्ध विश्वव्यापी निन्दा भएको छ। कूटनीतिज्ञहरूले एएफपी समाचार एजेन्सीलाई भने कि सङ्कटबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषदको मंगलबार बैठक बस्दैछ।

सुडानको सशस्त्र सेनाले सैन्य विद्रोह गरेपछि विद्रोही प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।
सेनाले सुडानलाई कब्जामा लिएपछि प्रदर्शनकारीहरुले नारा र झण्डा फहराउँदै राजधानी खार्तुम र देशभरका सडक अवरुद्ध गरेका छन् ।
सोमबार जनरल अब्देल फताह बुरहानले नागरिक शासन भङ्ग गर्दै, राजनीतिक नेताहरूलाई गिरफ्तार गरे र अनिश्चितकालसम्म संकटकालको घोषणा गरे।
प्रदर्शनकारीहरु को भिडमा सेनाहरुले गोलि चलाउँदा करिब 10 जनाको ज्यान गएको बताइएको छ।
सुडानमा भएको यो कूको विरुद्ध विश्वव्यापी निन्दा भएको छ। कूटनीतिज्ञहरूले एएफपी समाचार एजेन्सीलाई भने कि सङ्कटबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषदको मंगलबार बैठक बस्दैछ।
जनरल अब्देल फताह बुरहानले राजनैतिक कलहलाई दोष दिएर अधिग्रहणलाई जायज ठहराउने प्रयास गरेका छन्। सैनिकहरुले स्थानीय विरोध प्रदर्शनकारीहरु को घर घरमा गएर विरोध आयोजकहरुलाई गिरफ्तार गरेको समाचार प्राप्त भएको।
सुडान शहरको विमानस्थल बन्द छ र अन्तर्राष्ट्रिय उडानहरू स्थगित छन्। इन्टरनेट र अधिकांश फोन लाइनहरू पनि डाउन छन्।
केन्द्रीय बैंकका कर्मचारीहरूपनि हडतालमा गएका छन् र देशभरका डाक्टरहरूले आपतकालीन अवस्थामा बाहेक सैन्य अस्पतालहरूमा काम गर्न अस्वीकार गरेको बताइएको छ।
What's Your Reaction?






