विपदमा सहयोगका लागि जुट्यो एनआरएनए यूके

लन्डन । एनआरएनए यूकेले नेपालमा अविरल वर्षापछि आएको बाढी पहिरो पीडितका लागि आर्थिक सहयोग संकलन शुरु गरेको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सोमबार बिहानदेखि आर्थिक सहयोग संकलन शुरु गरिएको जनाए ।   गाहामगरले सोमबार एक अपिल जारी गर्दै गो फन्डमी र संघको बैंक खातामा सहयोग गर्न सकिने बताएका छन् ।   ‘दशैंको मुखमा […]

Oct 2, 2024 - 07:15
 0
विपदमा सहयोगका लागि जुट्यो एनआरएनए यूके

लन्डन । एनआरएनए यूकेले नेपालमा अविरल वर्षापछि आएको बाढी पहिरो पीडितका लागि आर्थिक सहयोग संकलन शुरु गरेको छ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सोमबार बिहानदेखि आर्थिक सहयोग संकलन शुरु गरिएको जनाए ।  

गाहामगरले सोमबार एक अपिल जारी गर्दै गो फन्डमी र संघको बैंक खातामा सहयोग गर्न सकिने बताएका छन् ।  

‘दशैंको मुखमा अविरल वर्षापछि आएको बाढी पहिरोबाट  मातृभूमि नेपालले भोगिरहेको प्राकृतिक पीडाबाट यहां पक्कै बेखवर हुनु हुन्न’- गाहामगरले अपिलमा भनेका छन् ‘यस प्रतिकुल परिस्थितिमा तपाईंबाट पनि धेरथोर आर्थिक सहयोग भइदिए धेरैको हातमुख जोडिने छ, एक सरो कपडा लगाउन, ओत लाग्न र औषधि उपचारमा राहत मिल्नेछ । आउनुहोस्, हातेमालो गरेर दुःखको सारथी बन्नुहोस्, तपाईंको सानो सहयोग ठूलो राहत हुनेछ ।’

उनले संकलित रकम नेपाल सरकारलाई होइन, छिट्टै पीडितहरुलाई नै दिने प्रण पनि गरेका छन् ।

संकलित रकम पारदर्शी रुपमा विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक गरिने प्रतिवद्धता गाहामगरको छ।

‘देश जलमग्न छ । बाढीपहिरो र डुबानमा परी सोमबारसम्म देशभर २०० बढीको मृत्यु भइसकेको छ । धेरैलाई अहिले गास, बास र कपासको अभाव छ । आफ्नो प्रियजन गुमाउनुको पीडा त छंदैछ, खाने, बस्ने समेत प्रवन्ध नहुंदा हजारौं आम नागरिक विचल्ली भएको अवस्था छ’- गाहामगरले अपिलमा उल्लेख गरेका छन् – ‘राज्यले हामी प्रवासका नेपालीलाई अनागरिक ठाने पनि यस प्राकृतिक विपदका समयमा मातृभूमि रुंदा हाम्रो मन पनि रोएको छ । आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरौं भन्ने दायित्वबोध बढेको छ ।’

तलको लिंकमा क्लिक गरेर गो फण्डमीमार्फत वा संघको बैंक खातामार्फत चन्दा दिन सकिने एनआरएनए यूकेले जनाएको छ ।

गो फण्ड लिङ्क:

आर्थिक सहयोगका लागि बैंक विवरण:

Name: NRNA UK

SORT CODE:08-71-99

ACCOUNT NO 11156682

Ref: NepalFlood 24

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register