काठमाडौं आइपुग्यो मुस्ताङको च्याङ्ग्रा, प्रतिकिलो १३०० रुपैयाँ (तस्वीरहरू)

काठमाडौं । दशैंलाई लक्षित गरी निजी क्षेत्रले मुस्ताङबाट खरिद गरि ल्याएको च्या‌ङ्ग्राको पहिलो लट बल्खुस्थित खसी बजारमा आइपुगेको छ । उक्त च्याङ्ग्राहरु मुस्ताङबाट असोज १३ गतेदेखि हिँड्याएर काठमाडौं ल्याइएको हो । त्यसमध्येको पहिलो लटमा करिब १५०० वटा च्याङ्ग्रा र केही भेडाहरु बल्खुस्थित खसीबजारमा आइपुगेको हो । अहिले बल्खुमा प्रतिकेजी १३०० रुपैयाँमा जिउँदो च्याङ्ग्रा बिक्री वितरण […]

Oct 3, 2024 - 06:41
 0
काठमाडौं आइपुग्यो मुस्ताङको च्याङ्ग्रा, प्रतिकिलो १३०० रुपैयाँ (तस्वीरहरू)

काठमाडौं । दशैंलाई लक्षित गरी निजी क्षेत्रले मुस्ताङबाट खरिद गरि ल्याएको च्या‌ङ्ग्राको पहिलो लट बल्खुस्थित खसी बजारमा आइपुगेको छ ।

उक्त च्याङ्ग्राहरु मुस्ताङबाट असोज १३ गतेदेखि हिँड्याएर काठमाडौं ल्याइएको हो । त्यसमध्येको पहिलो लटमा करिब १५०० वटा च्याङ्ग्रा र केही भेडाहरु बल्खुस्थित खसीबजारमा आइपुगेको हो ।

अहिले बल्खुमा प्रतिकेजी १३०० रुपैयाँमा जिउँदो च्याङ्ग्रा बिक्री वितरण भइरहेको छ । गत वर्ष च्याङ्ग्रा प्रतिकिलो १२५० रुपैयाँमा बिक्री भएको थियो ।

बल्खुका व्यापारीकाअनुसार यस वर्ष मुस्ताङ लगायतका हिमाली क्षेत्रबाट करिब ५ च्या‌ङ्ग्रा ल्याउने तयारी छ ।

तस्वीरहरु-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register