अवरुद्ध सिद्धिचरण राजमार्ग खुल्यो

उदयपुर, २७ असोज । सुक्खापहिरो गएपछि अवरुद्ध सिद्धिचरण राजमार्गको उदयपुरको कटारी–घुर्मी सडक खुलेको छ । शुक्रबार बिहानदेखि कटारी नगरपालिका–१४ स्थित भदौरेमा पहिरोले अवरुद्ध सडक शनिबारदेखि पुनः सञ्चालनमा आएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले सडक सुचारु भएको जानकारी दिए । “हिजो साँझसम्मको अथक प्रयासपछि सडक खुलेको छ,” उनले भने, “ओखलढुङ्गाको [...] The post अवरुद्ध सिद्धिचरण राजमार्ग खुल्यो appeared first on Jhapa Online.

Oct 13, 2024 - 03:26
 0
अवरुद्ध सिद्धिचरण राजमार्ग खुल्यो

उदयपुर, २७ असोज । सुक्खापहिरो गएपछि अवरुद्ध सिद्धिचरण राजमार्गको उदयपुरको कटारी–घुर्मी सडक खुलेको छ । शुक्रबार बिहानदेखि कटारी नगरपालिका–१४ स्थित भदौरेमा पहिरोले अवरुद्ध सडक शनिबारदेखि पुनः सञ्चालनमा आएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले सडक सुचारु भएको जानकारी दिए । “हिजो साँझसम्मको अथक प्रयासपछि सडक खुलेको छ,” उनले भने, “ओखलढुङ्गाको हर्कपुरस्थित सडक कार्यालयसँग समन्वय गरी ठुलो लोडर मगाएर सडक खुला गरिएको हो ।”

पहिरो जति पन्छाए पनि माथिबाट झर्ने क्रम जारी हुँदा सडक खुलाउन समय लागेको हो । “आज बिहानसम्म पनि माथिबाट पहिरो झर्ने क्रम जारी थियो तर निरन्तरको प्रयासले अहिले सडक सञ्चालन भइसकेको छ”, उपरीक्षक बजगाईंले भने ।

यस सडकखण्ड अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरहरूबाट पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जाने यात्रु र पहाडी जिल्लाबाट तराई क्षेत्र आउने यात्रुलाई समस्या भएको थियो । आज सडक खुलाएपछि सवारीसाधनहरू आउजाउ गर्न थालेको कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले बताए ।

सडक सञ्चालन गर्न मिर्चैया–कटारी–घुर्मी सडक कार्यालय कटारी तथा प्रहरीलगायतले शुक्रबार रातिसम्म काम गरेका थिए । दसैँका बेला यात्रुहरू रोकिएपछि दिनरात खटेर सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

The post अवरुद्ध सिद्धिचरण राजमार्ग खुल्यो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register