दमकमा लागुऔषधसहित दुई जना पक्राउ

झापा, १७ असोज । झापा दमकमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति दमक नगरपालिका–३ बेलडाँगी शिविर सेक्टर नं. बी १ हट नं. १९ बस्ने पेमासिंह तामाङको घरमा निजकै छोरा २१ वर्षीय अभिषेक तामाङ र दमक–७ का २७ वर्षीय सञ्जिव लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने [...] The post दमकमा लागुऔषधसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

Oct 3, 2024 - 15:54
 0
दमकमा लागुऔषधसहित दुई जना पक्राउ

झापा, १७ असोज । झापा दमकमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो राति दमक नगरपालिका–३ बेलडाँगी शिविर सेक्टर नं. बी १ हट नं. १९ बस्ने पेमासिंह तामाङको घरमा निजकै छोरा २१ वर्षीय अभिषेक तामाङ र दमक–७ का २७ वर्षीय सञ्जिव लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिकमा पोका पारेको स–सानो पोका १७ थान बरामद गरेको छ । उक्त पोकाहरु डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिकसहित १ ग्राम ५३० मिलिग्राम र प्लाष्टिक बाहेक १ ग्राम फेला पारेकाले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post दमकमा लागुऔषधसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register