शिवसताक्षीमा अपाङ्गता रोकथाम अभिमुखीकरण

शिवसताक्षी, २१ असोज । झापाको शिवसताक्षी नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना अभिमुखीकरण गरिएको छ । शिवसताक्षी नगरपालिकाको आयोजनामा करुणा फाउण्डेसनले शिवसताक्षीका अपाङ्गता भएका व्यक्ति, संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरुलाई सहभागी गराई अभिमुखीकरण गरेको हो । नगरपालिकाले आफ्नो श्रोत र साधनले भ्याएसम्म अपाङ्गता भएका व्याक्तिहरुको क्षेत्रमा काम गरिरहेको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताए [...] The post शिवसताक्षीमा अपाङ्गता रोकथाम अभिमुखीकरण appeared first on Jhapa Online.

Oct 7, 2024 - 17:22
 0
शिवसताक्षीमा अपाङ्गता रोकथाम अभिमुखीकरण

शिवसताक्षी, २१ असोज । झापाको शिवसताक्षी नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना अभिमुखीकरण गरिएको छ ।

शिवसताक्षी नगरपालिकाको आयोजनामा करुणा फाउण्डेसनले शिवसताक्षीका अपाङ्गता भएका व्यक्ति, संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरुलाई सहभागी गराई अभिमुखीकरण गरेको हो ।

नगरपालिकाले आफ्नो श्रोत र साधनले भ्याएसम्म अपाङ्गता भएका व्याक्तिहरुको क्षेत्रमा काम गरिरहेको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताए । यस नगरपालिकालमा पनि अपाङ्गता भएका व्यक्तिहरूको संख्या धेरै छ ।

उहाँहरुलाई पुनःस्थापना गर्दै विभिन्न सीप सँग जोड्न नगरपालिकाले कार्यक्रम तयार गर्ने र सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र करुणा फाउण्डेसन नेपालको सहकार्यका अझ धेरै काम गर्न सकिने नगरप्रमुख थोप्राको भनाई थियो ।

नेपालमा दशहजार शिशु जन्मदा ५९.९ जना शिशु जन्मदोष लिएर जन्मन्छन् । नेपालमा प्रति हजार जिवित जन्ममा २१ जना एक महिना मुनिका बालबालिको मृत्यु हुने गरेको तथ्यांक छ । अपांङ्गता भएका व्यक्तीहरुको स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, सामाजिक सहभागिता एवम सशक्तिकरणको अवसरमा समान पहुँच नभएको र विद्यालय जाने उमेर समूहका अपाङ्गता भएका बालबालिकाहरुको शिक्षामा पहुँच न्युन रहेको छ ।

आफै काम गर्न सक्छौ भन्ने मान्यतामा आधारित करुणा फाउण्डेशनले काम गर्ने सहजकता सन्तोष घिमिरेले जानकारी दिए । उनले अपाङ्गता भएको व्यक्तिहरुलाई सरकारले दिएको सुविधा र उसलाई आत्म निर्भर बनाउन अबलम्बन गर्नु पर्ने प्रावधानहरुको विषयमा अभिमुखीकरण गराएका थिए ।

अभिमुखी कार्यक्रममा उपप्रमुख नरमाया कार्की, नगर भित्र रहेका विद्यालयहरुका प्रधानाध्यापक, नगरका कर्मचारी, महिला स्वास्थ्य सेविका, अपाङ्गता भएका व्यक्तिहरुलगायतको उपस्थिति रहेको थियो ।

अभिमुखी कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राको अध्यक्षता रहेको थियो भने, प्रशासन प्रमुख डिल्ली नेपालले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाकी देविना पुराजुलीले गरेकी थिइन् ।

The post शिवसताक्षीमा अपाङ्गता रोकथाम अभिमुखीकरण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register