भारतको अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बन्ने

काठमाडौँ । भारतको अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बन्ने भएको छ । भारत सरकारको अनुदान सहयोगमा भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पाइपलाइन, नेपालको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलिम पाइपलाइन परियोजना र झापाको चारआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल बन्ने भएको हो । पाइपलाइन निर्माण गर्ने सन्दर्भमा नेपाल […]

Oct 4, 2024 - 05:21
 0
भारतको अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बन्ने

काठमाडौँ । भारतको अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बन्ने भएको छ । भारत सरकारको अनुदान सहयोगमा भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पाइपलाइन, नेपालको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलिम पाइपलाइन परियोजना र झापाको चारआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल बन्ने भएको हो ।

पाइपलाइन निर्माण गर्ने सन्दर्भमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमारबीच सम्झौतासमेत भइसकेको छ ।

बीटूबी फ्रेमवर्क एग्रिमेन्ट भारत सरकारका पेट्रोलिमय तथा नेचुरल ग्यास सचिव पंकज जैन र इन्डियन आयल कर्पोरेसनका अध्यक्ष सतिस कुमारको उपस्थितिमा भएको हो ।

चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने भएको छ । यी परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहने निगमले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register