नदीजन्य उत्खनन फुकुवा गर्न नेकपा एसको माग

उदयपुर ।  नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी उदयपुर जिल्ला कार्य समितिले शुक्रबार एक  विज्ञप्ति जारी गर्दै नदीजन्य उत्खनन रोक्का गरेकोमा फुकुवा गरी मजदुरहरुको गरिखान पाउने अधिकारको संरक्षण गर्न त्रियुगा नगरपालिकासँग अनुरोध गरेको छ । नेकपा एकीकृत समाजवादीका उदयपुरका कार्यवाहक अध्यक्ष धन नारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा त्रियुगा नगरपालिकाका प्रमुखलाई सम्बोधन गरेर त्रियुगा नगरपालिकाले आफैले २०८१ सालदेखि […]

Oct 4, 2024 - 12:51
 0
नदीजन्य उत्खनन फुकुवा गर्न नेकपा एसको माग

उदयपुर ।

 नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी उदयपुर जिल्ला कार्य समितिले शुक्रबार एक  विज्ञप्ति जारी गर्दै नदीजन्य उत्खनन रोक्का गरेकोमा फुकुवा गरी मजदुरहरुको गरिखान पाउने अधिकारको संरक्षण गर्न त्रियुगा नगरपालिकासँग अनुरोध गरेको छ ।

नेकपा एकीकृत समाजवादीका उदयपुरका कार्यवाहक अध्यक्ष धन नारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा त्रियुगा नगरपालिकाका प्रमुखलाई सम्बोधन गरेर त्रियुगा नगरपालिकाले आफैले २०८१ सालदेखि लागु गर्ने भनिएको कानुन अनुसार  नदीजन्य उत्खनन फुकुवा गर्नु पर्नेमा नगरेका कारण सोसँग सम्बन्धित मजदुरहरु बेरोजगार भएको, विकास निर्माणका कामहरु निर्माण सामाग्रीको अभावमा  समस्यामा परेको हुँदा र व्यक्तिगत निर्माणका कामहरुसमेत नदी जन्य सामाग्री उत्खनन नहुँदा  प्रभावित भएकोले नदी जन्य उत्खनन फुकुवा गर्न माग गरिएको छ ।

नदीजन्य पदार्थको आपूर्तिकालागि खोलामा भएको सामाग्रीको संकलन, प्रशोधन र आपूर्ति सबैभन्दा सहज तरिका हो । नजिकैको नदी जन्य पदार्थ ल्याउन संकलन गर्न सकेमा कम खर्च लाग्ने, सस्तोमा सामान पाइने भएकोले उत्खनन खुला गर्नु उचित हुन्छ । तर बातावरण संरक्षण गर्ने, नदीको दोहन रोक्ने, नदीजन्य विपद्लाई न्यूनीकरण गर्ने नाममा नदीजन्य उत्खनन रोक्नु गरिब मजदुरको मुखबाट माड खोस्नु हो र यो कार्यको समर्थन गर्न नसकिने भएकोले चाडपर्वको मुखमा दैनिक नदीजन्य उत्खननको काम गरेर गुजारा गर्ने मजदुरहरुकोलागि उत्खनन कार्य फुकुवा गरेर सहज वातावरणमा बाँच्न पाउने अधिकार सुरक्षित गरिदिन अनुरोध गरिएको छ । 

उक्त विज्ञप्तिमा नदीजन्य उत्खननको काममा मजदुरहरुले फर्कन नपाउने हो भने आन्दोलनमा उत्रने र त्यसबाट हुने क्षतिको जिम्मेवार नगरपालिका नै हुने उल्लेख गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register