यूकेमा दशैँ तिहार शुभकामना कार्यक्रम असंख्य, ६ अक्टोबर फेल्थाममा

लन्डन- नेप्लिज अलाइन्स एसोसिएसन (एनएए) यूकेले विगत जस्तै यो वर्ष पनि दशैं तिहार कार्यक्रम गर्ने भएको छ । नेपालीहरुको महान चाड बडादशैं तथा दीपावलीको अवसर पारेर यही अक्टोबर ६ तारिख आइतबार लन्डनमस्थित फेल्थाम एसेम्बली हलमा ‘दशैँ तिहार’ शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा गायिका रेजिना परियार र गायक रविन लामिछानेले सांगीतिक प्रस्तुति दिने […]

Oct 4, 2024 - 14:11
 0
यूकेमा दशैँ तिहार शुभकामना कार्यक्रम असंख्य, ६ अक्टोबर फेल्थाममा

लन्डन- नेप्लिज अलाइन्स एसोसिएसन (एनएए) यूकेले विगत जस्तै यो वर्ष पनि दशैं तिहार कार्यक्रम गर्ने भएको छ ।

नेपालीहरुको महान चाड बडादशैं तथा दीपावलीको अवसर पारेर यही अक्टोबर ६ तारिख आइतबार लन्डनमस्थित फेल्थाम एसेम्बली हलमा ‘दशैँ तिहार’ शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा गायिका रेजिना परियार र गायक रविन लामिछानेले सांगीतिक प्रस्तुति दिने छन् ।

सो अवसरमा ‘मेरी बास्सै’ की लोकप्रिय कमेडियन ‘चम्सुरी’ र उनकी छोरीले पनि नृत्य प्रस्तुत गर्ने जनाइएको छ ।

विदेशमा समेत नेपाली चाडपर्व र कला संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तामाझ निरन्तरता दिलाउने उद्देश्यले नेप्लिज अलाइन्स एसोसिएसनले नेपाली नयाँ वर्ष, तीज, दशैँ तिहारलगायत नेपाली मौलिक चाडपर्वमा विशेष कार्यक्रम गर्दै आएको आयोजकमध्येका लन्डन बरो अफ हन्स्लोका पूर्व मेयर एवं काउन्सिलर विष्णु गुरुङले बताए ।

कार्यक्रममा नेपालीलगायत स्थानीय काउन्सिलर र विदेशी अतिथिहरु पनि सहभागी हुने आशा गरिएको छ ।

यूकेमा दशैँ तिहारका अवसरमा कयौं शुभकामना कार्यक्रम राखिएका छन् ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register