सडक मर्मत-सम्भार गर्दै थुलुङ दुधकोशी, जनगुनासो नआउने गरी काम गर्न अध्यक्ष राईको निर्देशन

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पालिकाभित्रको सडक मर्मत-सम्भार तथा सरसफाइ गर्ने भएको छ । शुक्रबार पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले पालिकाभित्रको सडकको स्थिति जाँच गर्दै मर्मत, सम्भार तथा सरसफाइ गर्ने निर्णय गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । चाडपर्वमा सवारीसाधन आवागमन बढी हुने र मौसममा समेत सुधार हुने भएकाले सडक […]

Oct 4, 2024 - 13:57
 0
सडक मर्मत-सम्भार गर्दै थुलुङ दुधकोशी, जनगुनासो नआउने गरी काम गर्न अध्यक्ष राईको निर्देशन

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पालिकाभित्रको सडक मर्मत-सम्भार तथा सरसफाइ गर्ने भएको छ ।

शुक्रबार पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले पालिकाभित्रको सडकको स्थिति जाँच गर्दै मर्मत, सम्भार तथा सरसफाइ गर्ने निर्णय गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

चाडपर्वमा सवारीसाधन आवागमन बढी हुने र मौसममा समेत सुधार हुने भएकाले सडक मर्मत, सम्भार र सरसफाइलाई पहिलो प्राथमिकतामा राखिएको अध्यक्ष राईले बताएका छन् ।

अध्यक्ष राईलाई उद्धृत गर्दै प्रवक्ता कार्कीले भने, “भौतिक पूर्वधार समितिलाई तत्काल बैठक राखी मुख्य-मुख्य सडकलाई पूर्ण रूपमा सहज ढङ्गले सञ्चालन गर्नेगरी कार्य गर्न अध्यक्षज्यूले निर्देशन गर्नुभयो ।”

यस्तै अध्यक्ष राईले सबै वडाहरूलाई जनगुनासो नआउनेगरी काम गर्न निर्देशन दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register